इलाम नगरपालिका ४ को केहि ठाउँ पहिरोको जोखीममा , बिद्युत प्राधिकरणको नवनिर्मित भवन पनि जोखीममा

Special News Trending समाज

इलाम :
अविरल बर्षा पछिको पहिरोका कारण शुक्रबार इलामका बिभिन्न ठाउँमा क्षती भएको छ । २२ गते देखिको अविरल वर्षाका कारण इलाम नगरपालिका ४ मा ७ वटा बाटो पहिरोले क्षतीगस्त बनाएको छ । भित्तेको गिरिगाउँ ठूलो पहिरोको जोखिममा परेको वडा नम्बर ४ का वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिनु भयो । यसै गरी अमर मा.वि. टोलमा गगा माया दियाली र मिना गजमेरको घर पहिरोको खतरामा परेको छ ।

यस्तै फिक्कल नयाँबजार सडक पहिरोले अवरुद्ध भएको छ ।
बर्षाकै कारण आज पनि दर्जनौ बिद्युत पोलको क्षती भएको छ । नेपाल बिद्युत प्राधिकरण इलाम बितरण केन्द्रको नव निर्मित भवन पहिरोको जोखीममा परेको छ । यस्तै इलाम कारागार छेउ, बालन गाउँ इनपा ७ नारायणस्थान , बरबोटे फिक्कल छिपिटार लगायतका स्थानमा दजनौ बिद्युत पोलमा पहिराले क्षति गरेको बिद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रविनबावु घिमिरेले जानकारी दिनु भयो । उहाका अनुसार इलामको तिल्केनी सव स्टेशनमा बिहान परेको चटयाङले क्षती गरेको छ । सव स्टेशनको ट्रान्सफर्मरमा क्षती भए पछि नयाँ ट्रान्सफर्मर लिन इनरुवा पठाईएको कार्यालयले जनाएको छ । अन्य क्षेत्रमा पनि पहिरोले क्षती गरेको छ । सबै ठाउँको क्ष्ँतीको विवरण प्राप्त हुन वाँकी छ ।

Leave a Reply

Your email address will not be published.