इलामको चुलाचुलीमा खोलाले बगाएर एक जनाको मृत्यु, पहिरोले घर पुर्दा २५ लाख बढीको क्षती

Mukya Samachar Special News Trending समाज

इलाम :
इलामको चुलाचुली गाउँपालिका १ का ५५ बर्षीय अञ्चल लावतीको खोलाले बगाए ज्यान गएको छ । चुलाचुली १ र २ को सिमाना मा पर्ने बाघडोर खोला तर्ने क्रममा लावतीलाई खोलाले बगाएर मृत्यु भएको हो । लावतीको सव झापाको कमल गाउँपालिका २ भालुगाँउमा स्थित कमल खोलाको बगरमा मृत अवस्थामा प्रहरीले फेला परेको छ । लावतीको शव सनाखत गरी आफन्तलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकोछ ।
यस्तै सुर्योदय नगरपालिका १० डक्टरखोला नजिक नयाँ बन्दै गरेको कुमार तामाङको ४ तले घर पहिरोले पुरेको छ । उक्त घर पुर्दा २५ लाख बराबरको क्षती भएको छ । बर्षाका कारण सडक माथिबाट पहिरो झरे पछि सुर्योदय नगरपालिका ९ ढोडेमा नयाँबजार जाने सडक अबरुद्ध भएको छ ।
बाढीले सन्दकपुर गाउँपालिक वडा नं। ५ जमुना स्थितमा रहेको माईखोलाको निर्माणाधिन पुलको माथिल्लो तहको सेटिङ तथा फलामे रडहरु बगाएको छ । शंकर त्रिशक्ति निर्माण कम्पनिले निर्माण गर्दै गरेको करिब २२ मिटर लामो पक्की पुलमा बाढीले केहि दिन अघि पनि क्षती गरेको थियो ।
यसै बिच पहिरोका कारण अबरुद्ध मेची राजमागसुचारु भएको छ । मेची राजमार्गको किटेनी खण्ड पहिरोचोक नजिक पहिरो जादा राजमार्ग अबरुद्ध भएको थियो । २ घण्टा पछी बाटो सुचारु भएको पत्रकार गगन घिमिरेले जानकारी दिनु भएको छ ।


दमक नगरपालिका १० स्थित भालु खोलाले बगाएर स्थानीय ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको छ । दिउँसो १ बजेतिर घर नजिकैको कल्भर्टमा उभिएको अवस्थामा बालिका खोलामा खसेकी थिइन । खोलाले बगाएकी बालिकालाई स्थानीयले उद्धार गरी दमकस्थित लाइफ लाइन अस्पताल ल्याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।यस्तै खोला तर्ने क्रममा हडिया खोलाको बाढीले बगाउँदा मेचीनगर नगरपालिका १४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published.