मौसम अझै उस्तै, कहाँ खतरा छ ?

Special News Trending समाज

काठमाडौं: गत बिहीबारदेखि जारी रहेको मौसममा अझै सुधार आउन सकेको छैन । मौसममा सुधार आउन मंगलबार नै कुर्नुपर्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार सोमबार पूर्व र मध्य क्षेत्रमा वर्षा भइरहेको छ ।

उनका अनुसार अहिले सामान्य प्रकृतिको वर्षा भइरहे पनि यसको क्रम बढ्ने र बिस्तारै खतरातिर जाने छ । पश्चिममा पनि वर्षा भइरहेको छ । पश्चिममा दिउँसोतिर बढी वर्षा हुने अनुमान गरिएको छ । मौसमविद् प्रधानाङ्गका अनुसार निरन्तरको वर्षाले पूर्वी र मध्य क्षेत्रमा बढी खतराजनक अवस्था आउन सक्नेछ ।
नदीको छेउँछाउँमा बढी असर पार्ने देखिन्छ । नदीको बहावमा वृद्धि हुने सम्भावना बढी छ । उनका अनुसार वर्षा तत्काल रोकिने सम्भावना छैन र मंगलबारदेखि वर्षामा कमी आउने छ ।

दिउँसो र राति पनि भारी वर्षा नै हुने उनले बताए । बिहानै काठमाडौँ उपत्यका लगायत आसपासका स्थानहरुमा तथा पूर्वी तथा मध्य तराई र तल्लो पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा भैरहेको पनि महाशाखाले जनाएको छ ।

केही स्थानमा हावा हुरी पनि लाग्नेछ । बाढी पहिरोमा परी अहिलेसम्म ६० जनाको ज्यान गइसकेको छ । सयौंको उद्धार भएको छ । सुरक्षा निकायहरु उद्धारमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published.