अवैध हतियार सहित दुई जना पक्राउ

अवैध हतियार सहित दुई जना पक्राउ

फिक्कल:
अवैध हतियार सहित गोठमा बसेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ । इलाम र पाँचथरको उत्तरी सिमा क्षेत्रमा शंकास्पद गतिबिधी भएको सूचनाको आधारमा स्थानीयका गोठमा खानतलासी गर्दा ४ थान भरुवा बन्दुक सहित उनीहरुलाई पक्राउ गरिएको
प्रहरीले जनाएको छ
प्रहरीले इलाम नगरपालिका ३ को मकैबाररुबाट सोही ठाउका मिन कुमार फागो र सन्दकपुर गाउँपालिका वडा नं. १ का राम कुमार राईलाई ४ थान भरुवा बन्दुक सहित पक्राउ गरेको जनाएको छ । प्रहरीले राम कुमार राईको साथबाट बारुद लोड भएको एक थान भरुवा बन्दुक , फलामका टुक्रा र बारुद फेला पारेको छ ।

प्रहरीले मिन कुमार फागो बसेको गोठबाट बारुद लोड भएको भरुवा बन्दुक एक थान , लोड नभएको भरुवा बन्दुक दुई थान तथा गोली र बारुद बरामद गरेको छ । उनीहरुलाई इलाम ल्याई अबैध हातहतियार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।