भारतबाट ल्याएको अवैध मदिरा पशुपतीनगरमा प्रहरीद्धारा नष्ट

Special News Trending समाज

पशुपतीनगर: भारतबाट अवैध रुपमा ल्याएको मदिरा शसस्त्र प्रहरी बल बोडर आउट पोष्टले नष्ट गरेको छ । आज विहान साढे ८ बजेको समयमा सुर्योदय नगरपालिका–२ चारमाइलबाट बरामद गरिएको ३६ बोतल सिक्किमे रम र ९६ बोतल हिट वियर सरोकारबाला निकाययको रोहबरमा नष्ट गरिएको हो । मदिरा वडाध्यक्ष चन्द्र सुव्वा, सिमा प्रशासन कार्यालय पशुपतीनगरका प्रमुख दयाकृष्ण ढकाल, पशुपतीनगर भन्सारका नायव सुव्वा चेतनाथ खनाल, पत्रकार सुजन तिमसिना लगायतको रोहबरमा भन्सार कार्यालय परिसरमा नष्ट गरिएको हो ।

शसस्त्र प्रहरी बरिष्ठ हबलदार बाबुराम कटुवाल नेतृत्वको ७ जनाको टोली नेपाल तर्फ ल्याउदै गरेको २८ हजार बढी मुल्य पर्ने मदिरा बरामद गरेको थियो । शसस्त्रको टोली देखेपछि मानिसहरु सो सामाग्री छाडेर भागेका थिए । खुल्ला सिमाका कारण दैनिक जसो भारतबाट अवैध सामाग्रीहरु नेपाल तर्फ भित्रिदै आएको बोडर आउट पोष्टका शसस्त्र प्रहरी निरिक्षक शसांक कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published.