वर्षाले मुहान पुरिएपछि फुएतप्पामा खानेपानी हाहाकार

वर्षाले मुहान पुरिएपछि फुएतप्पामा खानेपानी हाहाकार

लिला सुब्बा , फाकफोकथुम : इलामको पश्चिमी क्षेत्र फाकफोथुममा अविरल बर्षाले पानीको मुहान पुरेपछि खानेपानीको समस्या भएकोछ । गत असार २७ गते देखी २९ गतेसम्म परेको अविरल बर्षाले फुएतप्पाको लिम्बुगाँउको ओखले छाङ्गा खानेपानीको मुहान टयाँकी पुर्नुका साथै १ सय मिटर बढी पाइप बगाएपछि खानेपानीको अभाव भएको हो । दैनिक खानेपानी अभाव हुँदा एक घण्टा लगाएर डोकोमा बोक्नुपर्ने वाध्यता रहेको खानेपानी समितीकी कोषाध्यक्ष चन्द्र कुमारी सुब्बा गुनासो गर्छिन । लिम्बुगाँउमा खानेपानीको अभाबको कारण स्वच्छ खानेपानी को हाहाकार रहेको छ ।
तत्कालीन शान्ति तथा पुनः निर्माण मंत्रालय अन्तगत जिल्ला विकास समितीले २०६९ सालमा निर्माण खानेपानी आयोजना निर्माण गरिदिएको थियो । जिल्ला विकास समिती विघटन हुनु अघि ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाको बाँकी काम उपभोक्ता समितीले उठाएर खानेपानी योजना संचालनमा ल्याएको थियो ।
जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश बरालसंग योजनाका बिषयमा बुझन खोज्दा मन्त्रालय विघटना पछि जिल्लामा १५ देखी २० योजनाहरु रहेकाले गाँउपालिका र वडा कार्यालयको बजेटबाट कामलाई पुर्णता दिने बताए । चुनावताका प्रदेश नं एकका साँसद धिरेन्द्र शर्मा रमणले योजनाको लागी आवश्यक बजेट बिनियोजनका लागी आश्वासन देखाएपनि पहल नगरको स्थानियको गुनासो छ ।