बिकासले पच्छयाउदै माङसेबुङ्गलाई

Special News Trending समाज

प्रेम अधिकारी, इलाम :

इलामको कर्णाली मानिएको माङसेबुङ्ग गाउँपालिका सडक संजालमा जोडिने भएको छ । इलामको पश्चिमी क्षेत्र मंगलबारे देखी माङसेबुङ्ग र झापा दमक देखि माङसेबुङ सम्मको सडक कालोपत्रेको काम थालीए संगै उक्त गाउँपालिका सडक संजालमा जोडीने भएको हो । बर्षायामका ५ महिना यातायात संचालनमा समस्या हुँदै आएको माङसेबुङ्ग गाउँपालिका संडक संजालमा जोड्नका लागि नेपालटार, शान्तिडाँडा , मंगलबारे, धुसेनी , गजुरमुखी, इभाङ , चतुरे हुँदै झापा दमक सम्मको सडक कालोपत्रे गर्ने काम भैरहेको छ । देउमाई नगरपालिका र माङसेबुङ्ग गाउँपालिकाको सिमाना गजुरमुखीबाट १३ किलोमीटर राके रवि सडक खण्ड र गजुरमुखी सम्म जोडने मंगलबारे पुङपुङ एकतप्पता सिकारी भञ्ज्याङ हुँदै राके रवि जोड्ने सडक समेत कालोपत्रे गर्ने काम भैरहेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगोले जानकारी दिनु भयो ।
संघीय सरकारको ५९ करोड ८८ लाख ८४ हजार रुपियाँ बजेटमा उक्त दुईवटा सडक कालो पत्रे गर्ने काम भैरेको अध्यक्ष इदिङगोले जानकारी दिनु भयो । कालीका र गजुरमुखी निर्माण कम्पनी संग ठेक्क सम्झौता पुरा भई उक्त सडक निर्माणको काम अहिले धमाधम भैरहेको छ । यी दुई सडक संजालले जोडीए संगै माङसेबुङ्ग गाउँपालिकाबासीलाई इलाम आउन र दमक सम्म जान सहज हुँने छ । सडक नहुँदा उक्त क्षेत्रमा जेष्ठ देखि असोज महिना सम्म यातायत सेवा अवरुद्ध हुँदा स्थानीयलाई आवतजावतमा समस्या हुँनका साथै ढुवानीमा समेत समस्या हुँदै आएको थियो । दमक जान र इलाम आउन साढे तीन घण्टा बढी समय लाग्दै आएकोमा सडक कालोपत्रे भैसक्दा आधा भन्दा कम समयमा दुवै ठाउँ पुग्न सकिने स्थानीय डम्बर लोरिङदेनले जानकारी दिनु भयो । माङसेबुङ्गबासी नागरिक्ता बनाउन र मालपोत बुझाउनका लागि इलाम आउने गरेका छन भने खाद्यन्न लगायतका सामग्री ओसारपसारका लागि झापा दमक जाने गरेका छन् ।
यस्तै माङसेबुङ्ग गाउँपालिकामा प्रदेश सरकारका ८ करोड बढीका योजना कार्यान्वयनले तिब्रता पाएको छ । गाउँपालिकामा सडक, खानेपानी, सिंचाई र पर्यटन पूर्वाधारका कामले तिब्रता पाएको हो ।किराँतहरुको धार्मिकस्थल लारुम्बा, राष्ट्रिय विभुति फाल्गुनन्दको जन्मथलो , माङ्मालुङ्ग, गजुरमुखीधाम जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको माङसेबुङ्ग गाउँपालिका विकासमा पछाडी रहेकाले पूर्वाधार निर्माणमा प्राथमिकताका साथ काम भइरहेको प्रदेश सांसद धिरेन्द्र शर्मा रमणले बताउनु भयो । उहाले भन्नु भयो ‘सडक संजालमा जोडी सकेपछि बिजुली , खानेपानी , स्वास्थय शिक्षामा ध्यान दिन्छौ । ’
प्रदेश सरकारले किराँतहरको धार्मिकस्थल रहेको लारुम्बामा रिङरोड, खेलमैदान, प्रहरी चौकी भवन, सडक, तटबन्द, गुरुयोजना कार्यान्वयन, लारुम्बामा चिडिया घर गुरुआश्रम, प्रवेशद्धार, भ्युटावार जस्ता संरचना निर्माण गरीरहेको छ । सांसद विकास कोष र प्रदेश सरकारका बिषयगत कार्यालहरुबाट योजनाहरु कार्यान्वयन हुँदै आएको गाउँपालिका अध्यक्ष इदिङ्गोले जानकारी दिनु भयो ।
उक्त गाउँपालिकालाई बर्षातको समयमा इलाम तर्फ आउदा फेवा खोलाले छेक्ने गरेको छ भने दमक जादा रतुवा खोलाले छेक्ने गरेको छ । फेवा खोलामा पुल बन्न सकेको छैन । रतुवामा पुल बने पनि सडकका कारण संचालनमा आउन सकेको छैन । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.