दमकमा युवाविच ग्याङ फाईट : धारीलो हतियार प्रहारबाट एकजनाको मृत्यु ,दुईजना घाईते

Special News Trending अपराध


दमक : दमकमा आज अपरान्ह युवाहरुको दुई समुह विच ग्याङ फाईट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् । दमक वडा नम्बर १ दुर्गामन्दिर पछाडी भृकुटी टोलमा २५–३० जनाको समुहका रहेका युवाहरुको दुई समुह विच झगडा हुँदा धारीलो हतियार प्रहार बाट दमक वडा नम्बर २ का मानबहादुर सुब्बाको छोरा १९ बर्षिय विक्रम लिम्बुको मृत्यु भएको हो । घटनामा परि अन्य दुई युवा घाईते भएका छन् ।

घाईते मध्ये दमक २ का बिक्रम भण्डारीको लाईफलाईन अस्पताल दमकमा उपचार हुन नसकेपछि बिराटनगर रेफर गरिएको छ भने अर्का घाईते दमक ३ का सुजन भुजेलको लाईफलाईन अस्पतालमा उपचार भैहरको छ ।यस अघि हिँजो पनि सोही समुहका युवाहरुको झगडा भएको स्थानियबासीले बताएका छन् । आज पनि बिहानै देखी सो ठाउँमा समुहमा युवाहरु भेला भएका र अपरान्ह ४ बजे तिर दुई समुह विच झगडा हुँदा छुरी हानाहान भएको स्थानियले बताएका छन् ।सप्तरङ्गी एफ.एम

Leave a Reply

Your email address will not be published.