फिक्कल-नयाँबजार सडकमा झरेको लेदो र पहिरो हटाईदै

Special News Trending समाज

फिक्कल:
लगातारको बर्षाले क्षती गरेको फिक्कल नयाँबजार सडक मर्मत गर्ने काम भैरहेको छ । बर्षाले पहिरो र लेदो झरेर थुनीएको सडक गाउँपालिकाले सफा गर्दै मर्मत समेत गरिरहेको हो ।
फिक्कला नयाँबजार सडकको बिभिन्न स्थानमा पहिरो झरेको छ । पान्दाम खोला छेउमा भने निक्कै ठूलो पहिरो झरी रहेको छ । उक्त पहिरो आज दिनभरमा हटाई सकिने माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘ सबै ठाँउको पहिरो क्लियर भएको छ पान्दाम खोलो छेउमा गा. पा. को एक्साभेटरले आव बिहान काम गर्ने छ ।’ गाउँपालिका अध्यक्ष जितबहादुर राईले बर्षाका कारण धेरै ठाउँमा क्षती भएकाले एकै पटक सबै स्थानमा सडक क्लियर गर्न नसके पनि केहि दिन भित्रमा क्लियर गरिसक्ने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.