झापाको गौरादहमा एकै घरमा २७ वटा गोमन सर्प भेटीयो , सर्प मारे पनि परिवारमा त्रास कायमै

Special News Trending रोचक

दमक: झापाको गौरादहको एकै घरमा दुई दिनको अन्तरमा २७ वटा सर्प फेला परेका छन् । गौरादह नगरपालिका वडा नम्बर ५ चाप्रामारीकी रिना कुमारी शर्माको घरमा गए राती र आज बिहान गरी तीनवटा ठुलो सहित २७ वटा गोमन र करेत सर्प भेटिएको हो । घरधनी रिना कुमारी शर्माले एउटा सर्प देखेर मारे पछि लगातार सर्प भेटीएको बताउनु भयो । ११ बजे राती छरछिमेक भेला पारेर शर्मा परिपवारले २४ वटा गोमन सर्प मारेको थियो । फेरी आज बिहान ३ वटा करेत सर्प फेला परे पछि तीनलाई पनि मारिएको छ । शर्माले ५ दिनको सुत्केरी समेत रहेको घरमा यसरी सर्प भेटीए पछि घरमा बस्न नसक्ने अवस्था रहेको जानकारी दिनु भयो । शर्माले भन्नु भयो ‘ ओच्यानका छेउमा यसरी लगातार सर्प भेटीए पछि होसचेत नै छैन, के गर्ने के ? ’ उहाले उक्त स्थानमा अझै पनि सर्प रहेको हुन सक्ने बताउनु भयो । २५ वटा सर्पका बच्चा रहेका थिए । गोमन सर्प बिषालु सर्पमा पर्दछ ।
यता डिभिजन बन कार्यालय झापाका प्रमुख बिष्णु घिमिरेले राष्ट्रिय निकुञ्ज ऐन अनुसार एक सय रुपैया लिएर सरक्षणकर्ताले अनुसन्धानका लागि समाउन सक्ने नियम रहे पनि मार्न नपाईने बताउनु भयो । उहाले कुनै भबितब्य परिहाले सम्बन्धित निकायलाई जानकारी दिनु पर्ने बताउनु भयो । मार्न नपाईने भएकाले उक्त स्थानबाट त्यस्ता जन्तुलाई अन्यत्र धपाउनु पर्ने बताउनु भयो । प्रमुख घिमिरेले भन्नु भयो ‘ मानविय ठूलै क्षती हुन आट्यो भने त केहि गर्नु पर्छ, नत्र सरक्षण नै गर्ने हो ।

झापाको दमकमा बिगत केहि बर्ष देखि सर्प संग्राहलय स्थापना समेत गरेर सर्पको संरक्षण गरिदै आएको छ । तस्विर सौजन्य: पत्रकार आत्माराम राजबंशी

Leave a Reply

Your email address will not be published.