चिकित्सकलाई कार्वाही गर्न पाँचथर पत्रकार महासंघको माग

Special News Trending


पाँचथर: तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमै होहल्ला र पार्टी गर्ने चिकित्सकलाई कार्वाही गर्न पत्रकार महासंघ पाँचथर शाखाले शनिबार प्रेस विज्ञप्ति मार्फत सम्बन्धित पक्षसँग माग गरेको छ ।
गत साउन १ गते राति विरामी र सर्वसाधारणलाई असर पुग्ने गरी स्वास्थ्य केन्द्र भित्र पार्टी सञ्चालन गरिएको विषयमा हाम्रो सवाल अनलाइनमा प्रकाशित समाचारलाई लिएर डा। सन्तोष साहले दिएको धम्की र त्यसपछि गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले सामाजिक सञ्जालमा मनगढन्ते प्रचार गरेको भन्दै कार्यक्षेत्रभन्दा बाहिर गएर पत्रकार अमृत बाँस्तोलालाई सोधेको स्पष्टिकरणप्रति गम्भीर ध्यानाकर्षण भएको पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य संस्थाजस्तो अति संवेदनशिल क्षेत्रमा ठूलो ध्वनीमा दोहोरी गीत घन्काउँदै मध्यरातसम्म पार्टी आयोजना गरिनु आफैंमा दुखद पक्ष हो । उक्त बेथितिलाई सार्वजनिक गर्ने पत्रकारलाई धम्क्याएर प्रमुख साहले आफू पानीमाथिको ओभानो बन्ने प्रयत्न गरेका छन् । प्रेस विज्ञप्तिमा भनिएको त्यसमा पनि स्वास्थ्य संस्था परिसरमै होहल्ला र पार्टी गर्ने चिकित्सकलाई कार्वाही गर्नुको सट्टा गाउँ पालिका अध्यक्षले शिक्षण पेसामा समेत संलग्न पत्रकारलाई सामाजिक सञ्जालमा लेखेकै भरमा स्पष्टिकरण सोध्नु घोर निन्दनीय र आपत्तिजनक कार्य हो ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका कुनै पनि विषयमा कुनै पनि नागरिकलाई स्पष्टिकरण सोध्ने वा कार्वाही गर्ने कुनै पनि अधिकार गाउँपालिका अध्यक्षलाई छैन् । यसका लागि छुट्टै ऐेन र काय्र्विधि रहेको विज्ञप्तिमा उल्लेख्य छ । प्रेस काउन्सील र अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा कार्यक्षेत्र मिचेर गाउँ पालिका अध्यक्ष लिम्बूले गरेको जवरजस्ती कार्यले संघीय शासन व्यवस्था र कानुनी राज्यको धज्जी उडाएको छ ।
अध्यक्ष लिम्बूले सामाजिक सञ्जाल फेसबुकमै आफूले राम्रा डाक्टर, ईञ्जिनियर र कर्मचारी खेद्न नचाहेको स्पष्ट पारेका छन् । त्यसो भन्दैमा ती कर्मचारीलाई ग्रामीण क्षेत्रमा राख्नैका लागि गलत कार्य गर्न छुट दिनु पर्छ भन्ने अवश्य होइन । स्वास्थ्य संस्थाभित्र होहल्लासहित पार्टी गर्ने चिकित्सकलाई जोगाउन संविधानप्रदत्त सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हमला गर्ने गाउँ पालिका अध्यक्षले आफ्नो क्षेत्रमा कस्तो खालको शासन व्यवस्था स्थापित गर्न खोज्नु भएको हो ? आम नागरिकको चासो र चिन्ताको विषय बनेको छ ।
स्वास्थ्य संस्थाभित्र मदिरा पार्टी गरी गलत कार्य गर्ने डा। साहलाई कार्वाहीको माग गर्दै, कार्यक्षेत्रभन्दा बाहिर गएर थालिएको पूर्वाग्रही कार्य सच्याउन सम्बन्धित गाउँ पालिकालाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published.