सन्दकपुरका पहिरो पीडितलाई राहत वितरण

Special News Trending समाज

इलाम:इलामको सन्दकपुर गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहत वितरण गरिएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालय सहित बिभिन्न संस्थाले पीडितलाई नगद सहित बन्दोबस्तीका सामग्री हस्तान्तरण गरिएको हो ।
सन्दकपुर गाउँपालिका वडा नंम्बर ५ गैरी गाँउ स्थितमा बाढी पहिरोको क्षतीको अनुगमन गरी तथा राहात बितरण गरिएको छ । बिस्थापीत १२ घर परीवारलाई जिल्ला प्रशासन कार्यालय इलामबाट जनही पाँच हजारका दरले राहत रकम उपलब्ध गराईएको छ । यस्तै रेडक्रस त्रिपाल , कपडा,भाडा वर्तन,बाल्टी र डोरी वितरण गरीएको छ ।
प्हिरो पीडित सन्दकपुर ५ का पूर्ण बहादुर गुरुङ ,जित कुमारी गुरुङ लाखमान तामाङ, माया गुरुङ ,रमेश गुरुङ ,सुर्य बहादुर गुरुङ ,निर बहादुर गुरुङ , राम बहादुर गुरुङ , धर्मध्वज गुरुङ , नेत्र बहादुर गुरुङ , याम बहादुर गुरुङ र बेद बहादुर कार्कीको परिवारलाई राहत रकम र सामग्री बितरण गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
राहत वितरण कार्यक्रम प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्रवण कुमार तिमलसिनाको अध्यक्षतामा गरिएको थियो ।
कर्यक्रममा सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिरा पाण्डे, शसस्त्र प्रहरी उपरीक्षक बिदुर खड्का र रेडक्रसका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.