देशमा मौलाएको भष्टाचार अन्त्य गरौ: नेकपा नेता खनाल

Special News Trending

फिक्कल:
नेपाल क्म्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशमा मौलाएको संस्थागत भ«ष्टाचार अन्त्य गर्नु पर्ने बताउनु भएको छ । नेता खनालले तल देखि माथि सम्म तीनै तहका सरकारले संस्थागत रुपमा मौलाएको भ«ष्टाचार नियन्त्रणका लागि लाग्नु पर्ने बताउनु भएको हो ।
बुधबार सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ को बजेट , नीति तथा कार्यक्रम सार्वजनिकरण कार्यक्रममा बोल्दै नेता खनालले जनताले चाहे जस्तो सर्वसुलभ रुपमा सरकारले सेवा सुविधा दिन नसकेको बताउनु भयो । उहाले मन्त्रीमण्डलमा बसेर काम गर्न नसक्ने मन्त्रीहरुको फेरवदल गर्ने बेला आएको बताउनु भयो । उहाले नेकपा भित्र छलफल गरेर त्यस्ता मन्त्री फेरबदल गरिने बताउनु भयो । नेता खनालले दुई पार्टी बिचको सबै एकताका काम सकिए पछि प्रधानमन्त्री समेत फेरबदल हुने सक्ने संकेत गर्नु भयो । नेता खनालले मिडियामा आए जस्तो नेकपाको स्कुल बिभागमा विवाद नरहेको जानकारी दिनु भयो । एक दुई बिभागमा सामान्य सामान्य बिवाद रहेकाले सहमती जुटने बताउनु भयो । खनालले भन्नु भयो ‘बाहिर हल्ला भए जस्तो केहि पनि छैन् आन्तरिक रुपमा सबै बिषय मिली सकेको छ । ’ खनालले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख परराष्ट्र नीति विपरित नेपाल आएको बताउनु भयो । उहाले प्रधानमन्त्री ओलीले रअका प्रमुखलाई भेटेको कुरा हल्ला मात्र भए पनि राजनीतिक दलका केहि ब्यक्तिले भेटेको दावी गर्नु भयो ।

Leave a Reply

Your email address will not be published.