सूर्योदय नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरणः बिभिन्न क्षेत्रमा योगदान गर्ने ब्यक्ति सम्मानीत

Special News Trending समाज

फिक्कल:
प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ का लागि पारित गरेको बजेट नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको छ ।
९६ करोड बराबरको बजेट पारित गरेको नगरपालिकाले बुधबार सार्वजनिकीकरण कार्यक्रम आयोजना गरी बिभिन्न ब्यक्तिलाई सम्ममान समेत गरेको हो ।
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यततामा सम्पन्न भएको छ । नगर उप प्रमुख दुर्गा देवी भट्टाईले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा देश बिकासमा उच्च योगदान गर्ने सूर्योदय नगरपालिका घर भएका बिभिन्न ब्यक्तिलाई सम्मान गरिएको छ ।
नगरपालिकाले नेपाल टेलिभिजनका पूर्व महाप्रवन्धक तथा बरिष्ठ पत्रकार दुर्गानाथ शर्मा, पूर्व राष्ट्रसेवक डम्बरसिंह गुरुङ , बरिष्ठ गीतकार बुद्धबीर लामा, बरिष्ठ गायक सूर्य थुलुङ , शिक्षाविद नरहरी अधिकारी, चिया उद्योगी उदय चापाँगाई , पूर्व राष्ट्रिय खेलाडी रञ्जना दर्जी र पत्रकार भीम चापागाई लगायतलाई सम्मान गरेको छ । कार्यक्रममा अन्य चिया, कृषि, पर्यटन शिक्षा लगायतका क्षेत्रमा राम्रो काम गर्ने ब्यक्ति र संस्थालाई सम्मान पत्र र प्रशंसा प्रत्र प्रदान गरेको छ ।


कार्यक्रममा बेरुजु फस्यौटमा उत्कृष्ठ कार्य गरे बापत नेपाल सरकारबाट समेत पुरस्कृत हुनु भएका नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेल , आलेप अधिकृत प्रदिप चापागाई र लेखापाल मनोज योङहाङलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले सूर्योदय नगरपालिका देशकै उत्कृष्ठ नगरपालिका भएको बताउनु भएको छ । उहाले चिया र पर्यटनका लागि उत्कृठ नगरपालिका बनाउन सबै लाग्नु पर्ने बताउनु भयो । उहाले चिया अदुवा निकासी समस्याका बिषयमा भारत संग छलफल भैरहेको बताउनु भयो । कार्यक्रममा प्रदेश सांसद धिरेन्द्र शर्माले तीन तहका सरकारले जनताका अपेक्षा पुरा गर्न लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष राम राना, राप्रपाकी सह महमन्त्ती लिलादेवी श्रेष्ठ, नेपाली कांग्रेसका प्रेम चाम्लीङ , माई नगरपालिकाका प्रमुख दिपक थेवे, रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राई लगायतले बोल्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख रणबहादुर राईले जनताको मनछुने कार्यक्रम ल्याईएको जानकारी दिनु भयो । उहाले सबै क्षेत्र संग सहकार्य गरेर काम गर्ने बताउनु भयो । कार्यक्रममा राप्रपाकी सह महमन्त्ती लिलादेवी श्रेष्ठले नगरले अन्य पार्टीलाई पनि समान रुपमा कार्यक्रममा बोलाउन थालेको बताउनु भयो । उहाले कृषि , ब्यपार र सिमाका समस्या समाधान गर्न स्थानीय सरकार लाग्नु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.