भद्रपुर विमानस्थलबाट श्रीअन्तुका राई पक्राउ

Special News Trending अपराध

विर्तामोड: जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर विमानस्थलबाट गोली सहित एक जनालाई नियन्त्रणमा लिएको छ । दिउँसो १ बजे विमानस्थलमा जेकचाँचका क्रममा इलाम सुर्योदय नगरपालिका–४ श्रीअन्तुका ३८ वर्षीय सुरेश राईलाई गोली सहित नियन्त्रणमा लिएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
थ्रीनट थ्री राइफलमा प्रयोग हुने १ थान गोली सहित पक्राउ परेका राईलाई झापा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । राई आज दिउँसो १ः३० बजेको सौर्य एयरलाईन्सबाट काठमाडौं जाने तयारीमा थिए । इजलास अनलाइन

Leave a Reply

Your email address will not be published.