नाबालिकालाई करणी गर्ने रसाईली कारागारमा

Special News अपराध

इलाम : नाबालिकालाई जवरजस्ती करण गर्ने फरार एक युवालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिकाकी एक नाबालिकालाई जबरजस्ती करणी गरी बिगत ६ बर्ष देखी भागेर फरार रहेका सचिन रसाईलीलाइ प्रहरीले पक्राउ गरेको हो ।

इलाम चुलाचुली गाउँपालिका स्थित एक महिलासँग साथमा लिएर बसेका रसाइलीलाई आज जिल्ला अदालत इलामबाट कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार रसाइलाई हिजो पक्राउ गरेर आज अदालतबाट जिल्ला कारागार इलाम पठाइएको छ । २९ वर्षय रसाइलीलाई इलाम जिल्ला अदालतले ७४ कात्तिक ३० गतेको फैसलाले ९ बर्ष कैदको सजाय सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published.