कृषिमन्त्री चक्रपाणी खनाल इलाममा

कृषिमन्त्री चक्रपाणी खनाल  इलाममा

फिक्कल: नेपाल सरकारका कृषिमन्त्री चक्रपाणी खनाल‘ बलदेब’ आज इलाम आउने भएका छन् । सुर्योदय नगरपालिकामा आज अपराहन्न १ बजे चिया उद्योगी, किसान, मजदुर, जनप्रतिनिधी लगायतसंग भेट्ने कार्यक्रम तय भएको छ । खनाल कृषिमन्त्री भएपछि पहिलो पटक चिया क्षेत्र अध्ययनका लागी इलाम आउन लागेका हुन । उनले हिजो झापाका चिया क्षेत्रका व्यक्तिहरुसंग भेटघाट गरेका थिए । चियाको राजधानी इलाममा विगत लामो समयदेखी चिया क्षेत्र विवादमा रहेको छ । कृषिमन्त्रीको आगमनले समस्या समाधान हुनेमा किसान एवम मजदुरहरु आशावादी रहेका छन ।