प्रहरी नायव महानिरीक्षक अधिकारीद्धारा जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण , शान्ति सुरक्षा कायम राख्न निर्देशन

Special News Trending अपराध

इलाम: प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक पिताम्वर अधिकारीले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण गर्नु भएको छ । प्रहरी नायव महानिरीक्षक अधिकारीले अपराध अनुशन्धान शाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरीक शाखा, हिरासत कक्ष र कार्यालयको आईतबार निरीक्षण गर्नु भएको हो ।
निरीक्षणको क्रममा वहाले जिल्लाका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो । अधिकारीले शान्ति सुरक्षा बजबुद राख्न प्रहरी सक्षम रहेकाले इमान्दार पूर्वक काम गर्न निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.