पाँचथरमा महत्वका तीन सडक निर्माण सुरु

पाँचथरमा महत्वका तीन सडक निर्माण सुरु


पाँचथर : पाँचथर जिल्लाका महत्वका तीन सडक एकैसाथ बन्ने भएका छन । सदरमुकामलाई ग्रामिण क्षेत्रसंगको सहज पहुँच बिस्तारका लागि काम सुरु भएको हो । सदरमुकाम फिदिम देखी उत्तरी क्षेत्र जोड्ने फिदिम–फालौट मार्ग, सगरखण्डे–यासोक सडक र शिवा–दोभान–लुम्फाबुङ नवमिडाडा सडक बिहिवार शिलान्यास भएको हो । १ नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो मौसमले सडकको शिलान्यस गरेका हुन ।
बिहिवार शिलान्यास भएका मध्ये शिवा–दोभान–लुम्फाबुङ नवमिडााडा सडक पहिलो चरणमा १३ दशमलव ९ किलोमिटर सडक बन्न लागेको हो । ५९ करोड ३६ लाखको लागतमा सडक कालोपत्रे हुन लागेको हो । याक्थुङहाङ कानछाराम जेभी निर्माण सेवाले कामको जिम्मा लिएको छ । १ नम्बर प्रदेश सरकारको बजेट लगानीमा पुर्वाधार बिकास कार्यालय पाँचथर मातहत सडक निर्माणको काम हुन लागेको हो ।
उक्त सडक सम्पन्न भए पछि फिदिम संग सिधा सम्पर्क स्थापित हुनेछ । मुख्य गरेर कृषि उपजको निकासीमा सहज हुनेछ । तरकारीबालिको नियमित निकासीमा समस्या भइरहेकाबेला ग्रामिण भनिएका सडक धमाधम बन्न थालेपछि सहज हुने स्थानीयको भनाइ छ ।
यता सदरमुकाम फिदिमलाई दक्षिणी पाँचथरको यासोक सहितका क्षेत्रमा जोड्नका लागि स्थापित फिदिम यासोक सडक अन्तरगत सगरखण्डे–यासोक सडक पनि कालोपत्रे हुने भएको छ । लामा–च्याङमिला जेभी बानेश्वर काठमाण्डौले निर्माणको जिम्मा लिएको छ । कुल ५३ करोड ३३ लाख ६ हजार ४ सय ८१ रुपैंया भ्याट सहित उक्त कम्पनीले निर्माणको जिम्मा लिएको हो ।
२०७६ असार ३१ गते सम्झौता भएको उक्त आयोजना २०७६ असार ३० गते सम्ममा सक्नु पर्नेछ । १ नम्बर प्रदेश सरकारको लगानीमा पुर्वाधार बिकास कार्यालय पाँचथर मार्फत काम हुन लागेको छ ।
यता फिदिम देखी उत्तरी पाँचथर जोड्ने फिदिम–फालौट सडक खण्डको काम पनि सुरु भएको छ । पिएस जेभी सुरुङगाले निर्माणको जिम्मा लिएको उक्त आयोजना पहिलो चरणमा १० किलोमिटर सडक निर्माण हुन लागेको हो । कुल ५२ करोड ६७ लाख ३० हजार ८ सय १३ रुपैंया लागतमा सडक निर्माण हुन लागेको हो ।
२०७६ साल असार ३० गते भएको सम्झौता अनुसार २०७८ साल असार २५ सम्ममा सक्नु पर्ने छ । तीन वटै सडक निर्माण सम्पन्न भए सदरमुकामको सिधा समपर्क ग्रामिण क्षेत्र सम्म स्थापित हुने छ ।
प्रदेश सरकारले तीन वटै सडकका लागि लगानी गरेको पुर्वाधार बिकास कार्यालय पाँचथरका प्रमुख भरतकुमार यादवले जानकारी दिए । प्रदेश सरकारको लागनी अनुसार पहिलो चरणमा तीन सडक बन्न लागेका हुन । जिल्लाका थप दुई सडक पनि स्तरबृद्धीको क्रममा रहेका छन ।
तीन सडकको शिलान्यस सकेर मन्तब्य राख्ने क्रममा मन्त्री आङबोले समयमा काम नसक्ने निर्माण कम्पनीलाई कारवाही र समयमा काम सक्नेलाई पुरस्कारको ब्यवस्था समेत गरिएको बताए ।फिदिम टुडेबाट