शैक्षिक सामग्री वितरण गरेर पत्रकार तिमसिनाले जन्मदिन मनाए

Special News Trending समाज

इलाम: जन्मदिनको अवसरमा इलामका पत्रकार सुजन तिमसिनाले इलामको राहसल बाल अनाथलयमा शैक्षिक सामग्री प्रदान गरेका छन् । इलाममा पत्रकारीता क्षेत्रमा सक्रिय रहेका तिमसिनाले एक कार्यक्रमका बिच अनाथलयका सचिव राजेन्द्र चौहानलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा अनाथलयका सचिव राजेन्द्र चौहानले अनाथलयको भौतिक संरचना निर्माण र आर्थिक श्रोत संकलनका लागि संचार क्षेत्रले कलम मार्फत सहयोग गरेकोमा प्रसंशा गरेका थिए । चौहानले भने– अनाथलयको समस्याका कुरा समाचारको माध्यमबाट प्रकाश पर्दा सहयोगी हातहरु जुटेकाले आगामी दिनमा संचार क्षेत्रबाट थप सहयोगको अपेक्षा गरिएको छ ।

कार्यक्रममा पत्रकार सुजन तिमसिनाले जन्मदिनको अवसरमा धेरै नेपालीले ठुलो धनरासी खर्च गरेर पार्टी दिने गरेपनि आफुले अनाथ बालबालिकालाई सहयोग पुग्ने हिसाबले शैक्षिक सामग्री प्रदान गरेको बताएका थिए । तिमसिना नेपाल टेलिभिजन इलामका सम्बाददाता हुन् भने उनकै सम्पादनमा इलामको सूर्योदय नगरपालिकाबाट स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश डट कम अनलाइन पत्रिका संचालित छ ।

नेपाल पत्रकार महासंघ इलामका शाखाका उपाध्यक्ष रहेका तिमसिना पछिल्लो समय डकुमेन्ट्रिको लेखन र निर्देशन पनि गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.