समाजबादको प्रस्थानबिन्दु

समाजबादको प्रस्थानबिन्दु

मातृका दाहाल

लेखक

नेपालमा कमन्युस्ट पार्टीको ब्यानरभित्रका क्याडरहरुमा शैद्दान्तिक,बैचारिक र कार्यनीतिक रुपमा समेत अत्यन्तै दुबिधाग्रस्तता देखिन्छ।ब्यवहारत उनिहरुमध्ये अक्सर सामाजिकसम्म बनेका छैनन ।,मैमत्ता,मपाइत्व आफन्तबाद र आत्मकेन्दृत बौद्धिक हु भनेर प्रस्ट्याउनमै तथा सम्पत्ति थुपार्नमै ब्यस्त छन।सामाजिक नै नबनी समाजबादी बन्ने कुरो उल्टो दिशा हो।
नेपालको संविधान,द्दण्ठद्द को प्रस्थाबनाले नै हामीलाई समाजबाद उन्मुख ब्यवस्थाको इङ्गित गर्यो तर कस्तो समाजबाद भन्ने टुङ्गो लागेन,अकर्मण्यता देखियो।बैधानिक प्रक्रिया जसलाइ सम्सदिय प्रक्रिया भन्दछन,बाट नै समाजबादमा पुगिने कुरो गरियो जुन अपरिभासित थियो।हुन त टेस्टामेन्ट,कुरान,गीता वा धर्मशास्त्रको एक हरप मात्रै परिबर्तन गर्न कसैले सक्दैन किनकी यो जडमा हुन्छ तर राजनैतिक वाद वा बिचार र यस्को प्रायोगिकता परिबर्तनिय हुन्छ किनकी ती वाद या बिचार बिज्ञान अधिनस्त रहन्छ।लेनिनले त्यै भएर होला सम्स्लेसण गर्दै भन्न भ्याए मार्क्स्बादको पनि जन्म,मृत्यु र बिकास हुन्छ,मृत्यु हुन्छ भन्नुको अन्तर्य सोभन्दा उम्दा दर्शनरबिचारले प्रतिस्थापन गर्नु होस सोही प्रकरण अन्य बैचारिक धारामा समेत सामेली हुने कुरा रहन्छ नै।
नेपालमा बिगत चुनाबमार्फत सङ्घिय सम्सदको दुबै सदनमा गरि झन्डै दुई तिहाइ जनमत आर्जन गरेको र तिनै तहको सरकारमा अग्रणी स्थान ओगटेको नेकपाले स्थानीय सरकार सन्चालनमार्फत वा भनौ माथीबाट हस्तक्षेप र तलबाट हस्तक्षेपको बाटोमध्ये दोस्रो प्रभाबी भन्ने बुझ्नु नै मुख्य हो।
समाजबादसङ्ग गासिएका कैयन प्रयत्नहरुबाट के प्रष्ट भएको छ भने यो शासन ब्यवस्था प्रतिस्पर्धात्मक सहित अन्य अबयबसहितको रहनेछ।संविधानमा अल्पब्याख्या भएपनी यो शासन ब्यवस्था लोकप्रिय राजनितिक सहभागितामा आधारित हुनेछ,प्रतिनिधिहरु जनमतद्वारा छानिनेछन।यी प्रयत्नहरुले सीमान्तीकृत समाजलाइ सहभागितात्मक र शमाबेसी बनाउने ठाउँ उपलब्ध गराउछ कि गराउन्न भन्ने प्रस्न समाजबादको प्रयोगमा जोडिएको महत्वपूर्ण सवाल हो।
बिगत प्रतिनिधिसभा र प्रदेश सभा चुनावको एमाले माओबादी केन्द्रको संयुक्त घोषणापत्रमा आजको आजको समाजबाद आजकै बिसेसतामाथी आधारित भएर मौलिक ढङ्गले मात्र निर्माण गर्न सकिन्छ र गर्नुपर्छ भन्ने उल्लेख छ।सो घोषणापत्रमै शुसासन र समृद्धिको कुरा उल्लेख गर्दै मजदुर,किसान,श्रमजीवी,सोसित(पिडित गरिब जनताको हितका पक्षमा ब्यवस्थित कार्ययोजना संचालन गरिनेछ । महिला,दलित,जनजाती,मधेसी,थारु,मुस्लिम र सबै उत्पीडित जाती र पिछडिएका क्षेत्रका जनताको हक हित पहिचान र स्वभिमानको पक्षमा हाम्रा कार्यहरु निर्देसित हुनेछन, भन्ने लेखिएको छ।तर हामी ब्यवहारमा हेरौ त सङ्गीयता मार्फत समाजबादको मर्म स्थानीय स्तरमै पिढिमा बसेर न्याय सम्पादन गर्ने थियो,सिंहदरबारलाई गाउँमै ओराल्ने थियो तर सिंहदरबारका गाडी( घोडा ऐस आराम,ऐयासी राजकी ठाँट र त्यस्तै कोठे सुबिधा आदि बडि ओर्लिए मानौ कि समाजसम्म पुग्ने एउटा बाटो यो सिंहदरबारको पार्सल हो।
नेपालले ६ हजार ७ सय ४३ वार्डहरु,७५३ स्थानिय सरकारहरु,७ वटा प्रदेश सरकार सहितको नयाँ सङ्गीय शासन ब्यवस्था अङ्गालेको छ।वास्तबमा जनतालाइ आर्थिक,राजनितिक,सामाजिक ,सास्कृतिक रुपमा सहभागी तुल्याउनकै लागि यी प्रयत्न गरिएका हुन।तर यस्को कार्यान्वयन पक्ष हेरौ,आफन्तबादमा फसेको छ,सीमान्तकृत जातीभित्रका सारमा ब्राह्मणबादी चरित्रले उपरोक्त स्थान कब्ज्याएका छन।रोबर्ट च्याम्बरले भनेझै सहभागिताका लागि उगततष्लन तजभ बिकत ाष्चकत लाई लात मातिएकै हो।
योजना छनोट,निर्माण,ब्यवस्थापन र परिचालनमा आम मान्छेको व्यापक सहभागिता रहोस भन्ने संबैधानिक मर्मलाई कुल्चेर कसरी समाजबाद सम्मको यात्रा तय गर्न सकिन्छ,त्यो रोजा लक्जम्बर्गले सुझाएझै दराजको स्याउ खान झै सजिलो त पक्कै छैन।
अब सबै स्थानीय सरकारले स्थानीय बिकास प्राधिकरण बनाउन जरुरी छ।अबैतनिक खालको त्यस्तो प्राधिकरणमा ग्रामीण बिकास बिज्ञ,पुर्बाधार बिज्ञ,उपलब्ध भएसम्म बाताबरण बिज्ञ समेतको सहभागीता रहोस।कमसेकम पर्यावरणको अति दोहन नहुनेगरी बिकासे कार्यक्रम अगाडी बडोस,तलबाट आएका प्रस्तावित योजनाहरुको बाताबरणिय र सास्कृतिक प्रभाव मुल्यांकन गरेर मात्र कार्यान्वयन प्रक्रियामा जावस जस्ले ऐलेको जस्तो जथाभावी डोजर चलाउने बिकासे प्रक्रियालाई निरुत्साहन गर्नेछ।अर्को पाटो ऐले भ्रष्टाचारको पर्याय राजनीति र तिनका नेता हुन कि भन्ने भान परिसक्यो त्यस्लाइ निरुत्साहित गर्न हरेक क्याडरहरु र सबै तहका सरकारका प्रतिनिधिहरुले सफ्टवेयर नै बनाएर आ आफ्नो सम्पत्ति सार्बजनिक र कम्तिमा त्रैमासिक अपडेट गर्न समेत अनिबार्य छ,सो प्रकरण हरेक रास्ट्रसेवकको हकमा समेत लागू गर्न अनिबार्य छ।समाजबादको आधार तयार पार्न नितिगत भ्रष्टाचारको अन्त्य त नियतगत भ्रष्टाचारमा शून्य सहनसिलता अपनाउन जरुरी छ१
हरेक पार्टीहरुमा रहेका क्याडरहरु निर्मम ढङ्गले आफुलाइ सुधार्दै,आफ्ना नीति कार्यक्रमको समेत निर्मम समीक्षा र
आलोचना समेत गरेर अघाडी बड्न जरुरी छ। हामीले उठाउने पहिलो मुद्दास संघियता वा राज्यको अग्रगामी पुनर्संरचनाका लागि भौगोलिक मात्रै हैन बिचारधारात्मक ढङ्ग्ले समेत पुनर्संरचना हुन ढिला गर्न हुन्न ।त्यस्ले मात्र सुसासन सहितको समृद्धि हासिल गर्ने मनोसामाजिक बाताबरण तयार गर्छ,जुन समाजबादको प्रस्थानबिन्दु हो ।तस्विर: गुगलबाट