पर्यटन भ्रमण बर्षको तयारीमा लाग्न मन्त्री भट्टराईको आग्रह

Special News Trending पर्यटन


इलाम
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई सफल पार्न खुलेर लाग्न स्थानीय पर्यटन ब्यवसायीलाई आग्रह गर्नु भएको छ ।
दिगो पर्यटन विकासका लागि मन्त्रालयले पर्यटन बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले त्यसलाई सफल बनाउन पर्यटन ब्यवसायी खुलेर लाग्नु पर्ने बताउनु भएको हो ।
बुधबार इलामको सूर्योदय नगरपालिकामा जनप्रतिनिधीहरुसंगको भेटमा मन्त्री भट्टराइले चियाको राजधानीको रुपमा परिचित इलाममा छिमेकी भारत सहित बिभिन्न देशका पर्यटक चिया पिउनकै लागि आउने वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाले इलाममको चियाको प्रचार बिश्वमा गर्न सके नेपाललाई पुग्ने पर्यटक चियाकै कारण आउने बताउनु भयो । मन्त्री भट्टराईले झापाको काँकडभिट्टादेखी कञ्चनजंघा फुट ट्रेल र धनकुटाबाट समेत निर्माण भएकाले विदेशी पर्यटकहरुलाई नेपालको सौन्र्दय देखाएर आर्कषित गर्नुपर्नेमा जोड दिनु भयो ।
मन्त्री भट्टराईल विदेशीहरु हिडेर यात्रा गर्न रुचाउने भएकाले इलाम , पाचथर र ताप्लेजुङका लेकाली क्षेत्रमा ट्रेकिङ रुट निर्माण गर्नु पर्ने बताउनु भयो । मन्त्री भट्टराईले भारत र चिनबाट पर्यटकहरु भित्र्याएर भएपनि पर्यटन भ्रमण बर्ष सफल पार्नु पर्ने बताउनु भयो

निर्माणाधिन फाल्गुनन्द सकिलुम्बा विमानस्थलको निरिक्षण


संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले इलाम नगरपालिका ९ गोलाखर्कमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको निरिक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले स्थानीय राजनितिक दलका प्रतिनिधि, जनप्रनिधिसँगै निर्माणाधीन विमानस्थलको स्थलगत निरिक्षण गर्नुभएको हो । विमानस्थलको निरिक्षणपछि भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै विमानस्थलाई पूर्णता दिन आफूले कुनै कसर बाँकि नराख्ने बताउनुभयो । पहाडी जिल्लाको लागि आवश्यकता महशुस भएर नै विमानस्थलको निर्माण थालिएको भन्नुुहुँदै मन्त्री भट्टराईले विमानस्थलले चाँडै पूर्णता पाउनेमा मन्त्रालयले कुनै कसर बाँकी राख्दैन । १५ महिनाको ठेक्का लागिसकेको जानकारी दिदैं भट्टराईले सो अवधिमा हेर्न लायकको प्रगति हुने र त्यसपछि थप रकम विनियोजन गरेर विमानस्थल निर्माणलाई पूर्णता दिने बताउनुभयो । विमानस्थल निर्माण पछि पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्ने भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको मन्त्री भट्टराईको भनाइ थियो ।

विमानस्थलको गतवर्ष नै परिक्षण उडान भएको थियो । इलाम सदरमुकामबाट ५ किलोमिटर दक्षिणमा रहेको विमानस्थलको ७ सय मिटर लम्बाई र ६० मिटर चौडाई कच्ची धावनमार्ग निर्माण सम्पन्न भई परिक्षण उडान भएको हो । विमानस्थलको रन वे सँगै भल व्यवस्थापनको लागि विमानस्थलबाट माइखोलासम्म नाली निर्माणको काम पनि सम्पन्न भइसकेपनि बाँकी काम नहुँदा विमानस्थलले पूर्णता पाउन सकेको छैन ।
विमानस्थल सञ्चालनमा ल्याउन टर्मिनल टावरका लागि भवन निर्माण, धावन मार्ग कालोपत्रे, विमान पाकिर्ङ र कार पार्किङ, भञ्ज्याङदेखि विमानस्थलसम्मको सडक र नाली निर्माण जस्ता थप संरचना निर्माढा गर्नुपर्ने हुन्छ । विमानस्थलको शिलान्यास २०६८ सालमा तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गर्नुभएको थियो । निर्माण सुरु भएको ८ वर्ष वितिसक्दा समेत पर्याप्त बजेट नभएको भन्दै विमानस्थलले पूर्णता पाउन नसकेको भन्दै इलामबासीले गुनासो गर्दै आएका छन् ।
समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमान अवतरण र उडानका लागि उपयुक्त मानिन्छ । विमानस्थल निर्माणले पूर्वी पहाडका जिल्ला इलाम, पाँचथर तेह्थुम र सीमापारी भारतको दार्जिलिङ र सिक्किमका बासिन्दाका लागि समेत सहज हुने मानिएको छ । विमानस्थलको निरिक्षणका क्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, नेकपा इलामका अध्यक्ष तथा प्रदेश सासंद राम रानाले संयुक्त रुपमा मन्त्री भट्टराईलाई विमानस्थल निर्माण समयमै सक्न र निर्माणपछि ३३ परिवार जोखिममा रहेकाले क्षति न्युनिकरणको काम चाँडो गर्न ज्ञापन पत्र बुझाउनुभएको थियो ।

कार्यक्रममा नेकपा जिल्ला नेता भक्त केसि, माई नगरपालिकाका प्रमुख दिपक थेवे, इलाम नगरपालिकाका जनप्रतिनिधिहरु र इलामबासीको उपस्थिति रहेको थियो । १८ यात्रु अटाउने ट्वीनअटर जहाज उडान, अवतरण गर्ने विमानस्थलका लागि तत्कालिन जिल्ला विकास समिति, गाविस, इलाम नगरपालिका, वडाबासी र सरोकारवाला निकायको सक्रियतामा ३ सय २६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।लोकल शन्देशबाट

Leave a Reply

Your email address will not be published.