इलाम नगरपालिका २ सुम्बेकका रमेश निरौलाको एम्बुलेन्स दुर्घटनामा ज्यान गयो

Hot News Special News Trending

इटहरी : मोरङको सुन्दरहरैचा नगरपालिका ७ को पूर्व पश्चिम राजमार्गमा गए राती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । गए राती ०१ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र बिपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एक आपसमा ठोक्किदा एम्बुलेन्स चालक ईलाम नगरपालिका २ का २१ बर्षीय रमेश निरौलाको घटनास्थलमा नै मृत्यु भएको हो ।दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र ट्रकका सहचालक घाईते भई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको र मृतकको शव समेत कानूनी प्रकृया पुरा गरी परिक्षणको लागि घोपा पठाईएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
पुर्वेली न्युजबाट

Leave a Reply

Your email address will not be published.