रवि लामिछानेलाई भेट्दै आइजी सवेन्द्र खनालले के भने ?

Mukya Samachar Special News Trending अपराध

काठमाडौं: चितवन प्रहरीको हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई प्रहरी प्रमुख ९आइजी० सवेन्द्र खनालले भेट गरेका छन्।प्रहरीको हिरासत अनुगमनका क्रममा चितवन पुगेका आइजी खनालले रविलाई भेटेका हुन्। भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महसुस नगर्न समेत आग्रह गरेका थिए। साथै खनालले असुरक्षित भएको महसुस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका नेपाल प्रहरीका केन्द्रीय सह(प्रवक्ता उत्तमराज जोशीले जानकारी दिए।

खनालले लामिछानेलाई असुरक्षित महसुस भएको कारणसमेत जानकारी गराउन आग्रह गरेको जोशीले बताए। सोक्रममा आइजी खनालले अर्का पत्रकार युवराज कँडेललाई पनि भेटेका थिए।
दुवै जनालाई भेटको क्रममा खनालले अनुसन्धानमा सहयोग गर्न समेत आग्रह गरेका छन्।

कार्यक्रम ुसिधा कुरा जनतासँगुका प्रस्तोता लामिछाने र सोही कार्यक्रममा आवद्ध कँडेल पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा छन्। पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।दुवै पत्रकारलाई भेट गरेपछि आइजी खनाल नवलपरासीको हिरासत अनुगमनमा गएका छन्। नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published.