सन्दकपुरका चार सय बढी किसानलाई थुनेलोको औषधि निःशुल्क वितरण

Special News Trending समाज

पशुपतिनगर: दूधालु गाईमा थुनेलो रोगको प्रकोप बढेपछि इलामको सन्दकपुर गाउँपालिका भित्रका अगुवा तथा व्यवसायीक किसानलाई निःशुल्क औषधि वितरण गरिएको छ । भेटनरी अस्पताल तथा विज्ञ केन्द्र झापाको अनुदान सहयोगमा सन्दकपुर गाउँपालिकाले किसानलाई निःशुल्क औषधि वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईको नेतृत्वको टोलीले आइतबार विभिन्न सहकारी संस्थामा आवद्ध किसानलाई आधा लिटर औषधि वितरण गरिएको छ ।गाउँपालिकाले वडा ३ को कञ्चन दुग्ध उत्पादन सहकारी संस्था, २ को सन्तपूर दुग्ध उत्पादक सहकारी संस्था, ३ को वृहतर पशु पालन तथा कृषि सहकारी सस्था, गहिरिगाउँ दुग्ध उत्पादक सहकारी संस्था र ४ को नव जागरण सहकारी कृषक सहकारी संस्थामा आवद्ध किसानलाई निःशुल्क औषधि वितरण गरेको गाउँपालिका प्रवक्ता गिरिराज खनालले बताउनुभयो ।

सन्दकपुर गाउँ पालिका का अध्यक्ष उदय बहादुर राई, प्रवक्ता गिरिराज खनाल,व डा सदस्य हरि लुङगेली र वृहतर पशु पालन तथा कृषि सहकारी सस्थाका अध्यक्ष नेत्र प्रसाद रिजालले संयुक्त रुपमा गाउँपालिकाका ४ सय किसानलाई औषधि प्रदान गर्नुभएको थियो ।पशुपालनका लागि सन्दकपुर गाउँपालिकामा संभावना धेरै भएपनि थुनेलो रोगबाट किसानहरु पिडित भएको अवस्थामा रोग प्रतिरोधि औषधि वितरणले किसानलाई राहात पुगेको गाउँपालिकाका अध्यक्ष उदय बहादूर राईले बताउनुभयो । वितरण गरिएको औषधिले थुनेलो रोक्न लाग्नबाट रोक्ने काम गर्ने पशुप्राविधिकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.