समाज तथा विकासका लागि

Special News विचार समाज


प्रा. डा. नृसिह खत्री


चारवटा काम कुराहरुमा हामी नेपालीले साझा प्रयास गर्नु पर्ने छ ती हुन, व्यावसाय, व्यवसायित्मका कला, संस्थान तथा व्यवस्थापन यी चारवटैलाई एकीकृतरुपमा होलिस्टिकरुपमा हामीले नेपालमा विकास गर्नु सक्नु सिक्नु पर्दछ । मत धेरै बर्ष पहिले देखि यसैमा निरन्तर लागिरहेको छु । नेपाल निर्माण गर्ने हो भने सवै विद्धान, जिम्मेवार तथा जान्नेहरुले यही काम गर्न आवश्यक छ । सम्झौता गर्न, समन्वय गर्न, चलायमानतामा रही आपनो आयाम र संघनताको दायरा बढाउनकालागि सवै नेपालीहरुले निकै प्रयास गर्नु पर्ने देखिन्छ । व्यक्तिलाई सवलिकरण तथा सशक्तिकरणगर्नकालागि व्यक्तिबादी भएर उ संगको सहचर्यता र सहजीवीताले ज्ञान शीपको विकास गर्न गराउन सकिन्छ, अनि त्यो असल प्रवृत्तिलाई सामूहिकतामा अभियानकोरुपमा विकास गर्नु आवश्यक छ । त्यसैकारणले पनि समाजवादी चिन्तनसंग निकट भएर सामाजिक काममा सधै लागि रहनु आवश्यक देखिन्छ । यो वी पी कोइरालाले यो जाने वुझेका थिए रहेछन । वी पी ले गरे वा गरेनन तर उनको धेरै चेलाहरुमा यही शैली पद्धति विकास भएर आएको देखिन्छ । यसलाई कितावी ज्ञानको आधारमा जान्न सकने चाहि डा. बावुराम भट्टराई देखिएका छन किनकि विद्वता, विश्लेषणको आयाम, उनको ज्ञानको स्तरले त्यसलाई धान्ने देखिन्छ तर उनको व्यहारिकता भने अध्ययन गर्न वाकी छ । संगत नगरी भन्न सकिदैन । 
चीनमा पनि यही चाल चलन विकास भइरहेको पाइन्छ । चीनले आथिक विकासमा पनि फटको मारिरहेकोछ । व्यक्तिगत स्वतन्त्रताको नाममा अराजकता हुन्छ भने त्यसको नियन्त्रण गर्ने चलन रहेछ । सरकारले सकेसम्म जनताको सेवा गर्ने तथा अधिनायकताको नाममा निरंकुशता नगर्ने पनि चलन रहेछ, सधै शासकहरुको अत्याचार नरहने, नसहने चलन रहेछ । अधिनायकता सधै मानव सभ्यता तथा स्वतन्त्रताको विरुद्ध भएकोले आम मानव समुदायको हित विपरित छ भन्ने उनहरुले जानेका मानेका रहेछन हामीले पनि जान्न र मान्न आवश्यक छ । त्यसै कारणले मानिसले मानिसनै भएर काम गर्न व्यबहार गर्न शीप कलाको विकास तथा व्यबहार गर्न आवश्यक देखिन्छ । समृद्धि यस्तो होस जसकालागि वर्तमान पुस्तालाई भावी पुस्ताले आदर तथा सम्मान गरी रहन सकोस ।

Leave a Reply

Your email address will not be published.