इलाम र झापा जोडने सानो नेते खोलामा पुल , पुर्व प्रधानमन्त्री खनालद्धारा उद्धघाटन

Mukya Samachar Special News Trending समाज

रोङ: पुर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम र झापा जोडने सानो नेते खोलाको पुल उद्धघाटन गरेका छन् । झापाको अर्जुनधारा र रोङको बरफ्ल्याङ बिचको रहको सानो नेतमा ६७ लाख ५० हजार रुपैया लागमा निर्माण सम्पन्न भएको पुलको हिजो खनाल र अजुनधाराका मेयर हरिकुमार रानाले संयुक्त रुपमा उद्धघाटन गरेका हुन । नेपाल सरकारको ६० लाख स्थानिय जनसहभागीताको ७ लाख ५० हजार लागतमा पुल निर्माण सम्पन्न गरिएको थियो ।
डेढ करोडमाथी डिपीआर भएको पुललाई उपभोक्ता समितीले ६७ लाख ५० हजारको लागतमा निर्माण सम्पन्न गरेका हुन । उपभोक्ता समिती मार्फत जनताको अपेक्षा अनुसार गुणस्तरिय पुल निर्माण सम्पन्न गरिएको पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष महेन्द्रप्रसाद बराल मदनले जानकारी दिए । पुल निर्माण सम्पन्न भएपछि स्थानियलाई बर्खाको समयमा सहज हुने स्थानिय तेज आर्चाय बताउँछन । चुरे क्षेत्रमा पर्ने सो क्षेत्रका बासिन्दाहरुको मुख्य बजार झापाको शनिश्चरे हो । बर्खाको समयमा बजारसम्म पुग्न स्थानियले सास्ती भोग्दै आएकोमा अब सहज हुने आर्चाय बताउँछन् ।

Leave a Reply

Your email address will not be published.