रोङका लाप्चा समुहमा बाधिदै

रोङका लाप्चा समुहमा बाधिदै


गणेश अर्याल,इलाम: गाउँपालिकाकै नाम लाप्चा भाषाबाट राखिएको इलामको रोङ गाउँपालिकामा रहेका लाप्चाहरु संगठित हुन थालेका छन् । लाप्चालाई लाप्चा भाषामा रोङ भनिने भएकाले गाउपालिकाको नाम रोङ रहेको हो ।

गाउँपालिकाको वडानम्बर १ २ र ४ मा वडा स्तरीय समिति गठन गरिएको छ । वडा नम्बर १ मा दिनेश लाप्चाको अध्यक्षतामा लाप्चा उत्थान मञ्च गठन गरिएको छ । सो समितिको उपाध्यक्षमा ललितबहादुर लाप्चा सचिबमा मनिका लाप्चा, सहसचिबमा पदम लाप्चा र कोषाध्यक्षमा मनकुमारी लाप्चा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा समिर, सुमन, धनमाया र सन छिरिङ लाप्चा चयन भएका छन् । त्यस्तै वडा नम्बर २ मा बुध्द लाप्चाको अध्यक्षतामा बनेको समितिको सचिबमा दिपेन लाप्चा तथा सदस्यहरुमा सुकमित, मानबहादुर, शान्ता, हरी र बन्दना लाप्चा रहेका छन् । समिति बनाउने क्रममा वडा नम्बर ४ मा पनि सन्देश लाप्चाको अध्यक्षतामा लक्ष्मी लाप्चा उपाध्यक्ष बिमला लाप्चा सचिब रहेको समिति गठन भएको छ । समितिमा पदम लाप्चा सहसचिब र सम्झना लाप्चा कोषाध्यक्ष रहेका छन् ।

समितिका अन्य सदस्यहरुमा साबित्रा, सुवास सुकबहादुर र सुधिर लाप्चा रहेको गाउपालिका स्तरीय लाप्चा उत्थान मञ्चका सचिब बिरबहादुर लाप्चाले बताए । गाउपालिका स्तरमा दावा लाप्चाको अध्यक्षतामा समिति बनेपनि वडा स्तरमा समिति नबनेकाले वडा स्तरको समिति बनेको गाउपालिका स्तरको समितिका सचिब बिरबहादुर लाप्चाले बताए । यसैबिच देशमा लाप्चाहरु लोपोन्मुख अवस्थामा रहेपनि रोङ गाउपालिकाको जनसंख्याको अनुपातमा लाप्चाहरु लोपोन्मुख नभएको लाप्चा उत्थान मञ्च रोङ का सचिब बिरबहादुर लाप्चाले बताए । इपूर्वबाट