पर्यटकलाई राख्न लेकमा ‘गोठस्टे’

Special News Trending पर्यटन


गिरिराज बाँस्कोटा

फालोट (पाँचथर) :जिल्लाको उच्च पहाडी क्षेत्रका आकर्षक गन्तव्य घुम्न आएका पर्यटकलाई बस्नका लागि गोठस्टे सञ्चालनमा ल्याइएको छ। परम्परागत रुपमा पालिएका चौरी गोठलाई पर्यटकमैत्री बनाउने गरी गोठस्टेको रुपमा विकास गरिएको हो।

जिल्लाको फालेलुङ तथा याङवरक गाउँपालिकामा रहेका लेकाली गोठमा पर्यटक राख्ने गरी संरचना विकास गर्ने काम अघि बढाइएको छ। गोठस्टे सञ्चालक यसलाई पर्यटकमैत्री बनाउन लागिपरेका छन्।

गोठलाई सफा चिटिक्क बनाउने, पर्यटक बस्न मिल्ने संरचना निर्माण, सौचालयलगायत व्यवस्थापन गरेर गोठस्टे विकास गर्न लागिएको हो। सन्दकपुर, फालोट, चाररातेलगायत क्षेत्र घुम्न आउने, कञ्चनजंगा बेस क्याम्प, तिम्बु पोखरी जाने पर्यटकलाई राख्न गोठस्टे विकास गरिएको हो।

गोठस्टेमा पर्यटक रमाउने गरेको देखिन्छ। यो क्षेत्रमा बंगाली पर्यटक बढी आउँछन्। आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गर्न खोजिएको गोठस्टे सञ्चालक समितिका सचिव तथा गोठ सञ्चालक चन्द्र नेपालले बताए। ‘अहिले २१ गोठलाई सुधारेर पर्यटकमैत्री बनाउने काम गरिरहेका छौं। गोठलाई सफा चिटिक्क बनाउने हाम्रो लक्ष्य रहेको छ। यहाँ आएका पर्यटकले गोठको मैलिकपनामा रमाउन सकुन् भन्ने योजना रहेको छ,’ नेपालले भने, ‘यहाँका गन्तव्यमात्र हैन चौरीपालनलाई समेत प्रवद्र्धन गर्न खोजिएको छ। होमस्टे भनेझै गोठस्टेको विकास गरिएको हो।’

नेपाल–भारत सिमानमा पर्ने विभिन्न ठाउँमा आउने पर्यटकलाई बस्नका लागि नेपालतर्फ उपयुक्त व्यस्थापन गरिएको छैन। पर्यटक आउने सिजन सुरु भएको छ। हिमाली दृष्य, सूर्योदय, जैविक विविधता तथा सौन्दर्यतामा रमाउन यो क्षेत्रमा बाक्लो गरी पर्यटक आउने गर्छन्। यहाँ आउने पर्यटकलाई गोठमा राखेर यहाँको मौलिक परम्परा देखाउने तथा आयआर्जन बढाउन खोजिएको छ।

गोठलाई सफा चिटिक्क बनाउने, पर्यटक बस्न मिल्ने संरचना निर्माण, सौचालयलगायत व्यवस्थापन गरेर गोठस्टे विकास गर्न लागिएको हो। सन्दकपुर, फालोट, चाररातेलगायत क्षेत्र घुम्न आउने, कञ्चनजंगा बेस क्याम्प, तिम्बु पोखरी जाने पर्यटकलाई राख्न गोठस्टे विकास गरिएको हो।
यसका लागि रेड पाण्डा नेटवर्क र दिपज्योती युवा क्लब मिलेर गोठ सुधारको काम अघि बढाएका हुन्। पर्यटकलाई गोठमा रमाउने वातवरण बनाउने प्रयास गरिएको दिपज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तवाले बताए। लेकाली क्षेत्रमा बाक्लो गरी आउने पर्यटकलाई गोठमा राख्ने, गोठ सुधार गरेर वनप्रतिको निर्भरता घटनाउन गोठस्टेको अवधारणा अघि सारिएको उनले बताए।

गोठस्टेमा बाक्लो गरी पर्यटक बस्न थालेका छन्। चौरी दुहुने, गोठमा पकाएर खाने गर्न थालेको गोठ सञ्चालक बताउँछन्। ‘गोठ सफा बनाएपछि यहाँ बस्न आउनेको संख्या बढेको छ। विदेशी पर्यटक पनि आउँछन्। नेपाली पनि घुम्दै आएर बस्न थालेका छन्। चौरी, घ्यू, छुर्पीमा मोह हुँदो रहेछ। हामी बिस्तारै सिक्दै छु,’ नेपालीटारका गोठ सञ्चालक थर्कप्रसाद गुरुङले भने, ‘हामी सिक्दै छौं। गोठ सुधार गरेपछि सफा तथा दाउरा प्रयोग पनि कम हुने रहेछ। यहाँ आउने पर्यटक होटलमा अटिनअटी हुन्छन्। तिनीहरुलाई गोठमा ल्याउन प्रयास भरहेको छ। विभिन्न देशबाट आउने पर्यटक बस्न थालिसकेका छन्।’

लेकाली क्षेत्रमा रहेका चौरीलगायत गोठमा वनप्रतिको निर्भरता घटाउँदै पर्यटकमैत्री गोठ बनाउने गरी ‘गोठस्टे’को विकास थालिएको थियो। भएका गोठ सुधार गर्दै व्यवस्थित बनाउन गोठस्टेको अवधारणा अघि सारिएको हो। गोठस्टेको रुपमा सुधारिएको चुल्हो, टेन्ट, गोठ सुधारका लागि काम गरिरहेको रेडपाण्डा नेटवर्कका सरक्षण संयोजक दाबा तेन्जी यल्बोले भने, ‘गोठलाई वातावरणमैत्री र पर्यटकमैत्री बनाउने प्रयासमा छौं।’

पर्यटक बस्न मिल्ने, सफा तथा दाउरा कम प्रयोग गर्ने गरी गोठस्टेको अवधारणा अघि सारिएको छ। गोठमा सुधारिएको चुल्हो, धेरैजना बस्न मिल्ने ठूलो टेन्ट र भएका गोठलाई सुधार गर्ने काम अघि बढाइएको हो। गोठमा कम दाउरा प्रयोग हुने चुल्हो, पर्यटक तथा आफू बस्न मिल्ने टेन्ट प्रदान गरिएको छ। ३० प्रतिशत गोठ सञ्चालको लगानीमा एक लाख पर्ने सामग्री गोठलाई प्रदान गरिएको उनले बताए। साथै गोठ सुधारका लागि पनि आर्थिक सहयोग गरिएको बताइएको छ। बर्से्नि गोठ सुधार गर्दै लैजाने योजना रहेको दाबाले जानकारी दिए। यो क्षेत्रका सबै गोठलाई सुधार्ने लक्ष्य रहेको जानकारी दिइएको छ।

गोठलाई सुधारेर सफा तथा वातावरणमैत्री बनाउन काम अघि सारिएको बान्तवाले बताए। चुल्हो र टेन्ट पाएकाले गोठ धुँवा नहुने किसिमको बनाएर थप सुधार गरिएको छ। गत वर्षदेखि गोठ सुधारको काम सुरु भएको छ। चित्रे, फलेके, चारराते हुँदै फालोट, सिहलिला, पानी भित्तालगायत गोठ सुधार गरिँदै छ। दाउरा कम हुने चुल्हो तथा पाहुना राख्न उपयुक्त टेन्टले सजिलो बनाएको चित्रका गोठ सञ्चालक राजकुमार राईले बताए। उनका अनुसार सन्दकपुरलगायत ठाउँबाट आउने पर्यटकले टेन्ट रुचाएका छन्। गोठ सफा राख्न सके पर्यटक गोठमै बस्न तयार हुने गरेको उनले अनुभव सुनाए।

होमस्टेजस्तै गोठस्टेको अवधारणा अघि सारिएको छ। गोठस्टेको विकास गर्दा सरसफाइ तथा घुम्न आउनेलाई राख्न सहज भएको अनुभव राईले सुनाए। सो क्षेत्रमा बंगालीलगायत पर्यटक आउने गरेका छन्। धुँवा कम हुने, सरसफाइ भएको तथा बस्न मिल्ने किसिमको गोठ बनाएर पर्यटक राखी आम्दानीको माध्यम बढाउने लक्ष रहेको वान्तवाले सुनाए। यसअघि गोरुवाले क्षेत्रका गोठमा चुल्हो वितरण गरीएको थियो।

गोठ सुधारका लागि सचेतनामुलक कार्यक्रम तथा तालिम सञ्चालन भएको छ। यहाँका गोठ सञ्चालकलाई पटक–पटक तालिम दिइएको बताइएको छ। संरक्षण संयोजक दाबाका अनुसार तालिम, सचेतनामूलक गोष्ठी तथा निरन्तर अनुगमन भइरहेको छ। गोठ सञ्चालकलाई पर्यटकलाई कसरी स्वागत गर्ने, वन वातारण किन जोगाउने भने विषयमा सचेत गराउने काम भएको उनले बताए। हिमाल, लेकाली डाँडा र चौरी हेर्न आउने पर्यटकलाई बसाउने किसिमको गोठ बनाउनकालागि प्रयास थालिएको गोठ पालक समुहका उपाध्यक्ष जंग राईले बताए। यहाँ चौरी तथा भेडी गोठ सञ्चालित छन्। पशुपालनसँगै पर्यटनलाई पनि सँगै लैजाने योजना अघि सारिएको छ। गोठ सञ्चालकले रेड पान्डाले प्रयोग गर्ने बिरुवा रोपणसमेत गर्नुपर्ने बताइएको छ। विभिन्न ठाँउमा प्लान्टेसन गर्नुपर्ने भएको बताइएको छ।नागरिक न्यूजबाट साभार

Leave a Reply

Your email address will not be published.