सूर्योदय नगरपालिकामा ‘कृषकसगँ समृद्धि अभियान’ शुरु

Mukya Samachar Special News Trending समाज

गोपाल गिरी, फिक्कल: सूर्योदय नगरपालिकाले कृषकलाई एवोकाडो र नेपियर घाँस वितरण गर्न थालेको छ ।
गत बर्ष देखि किसानलाई नेपियर घासँ वितरण गर्दै आएको नगरले दोस्रो बर्ष पनि उक्त अभियालाई निरन्तर्ता दिएको हो । नगरपालिकाले बडा नम्बर १३ र १४ बाट अभियानको शुरूवात गरेको छ। दुई लाख लिटर प्रतिदिन दूध पुरयाउन उक्त कार्यले आधार शिलाको भूमिका खेल्ने नगर प्रमुख रणबहादुर राईले बताउनु भयो।
अभियानका क्रममा पहिलो बर्षको विरूवाले किसानलाई हौसला मिलेकाले किसानहरुले बताएका छन । उक्त कार्य किसानको रूचिसगं जोडिएको हुनाले नगरपालिकाले महत्वपूर्ण कार्यको रूपमा लिएको नगरले जनाएको छ । साथै वडा नम्बर नौले वडास्तरीय लक्षित कार्यक्रम अन्तरगत एक हजार एओकाडोको बिरुवा वितरण गरेको छ। वडाले वातावरण अनुकूल फलको विरूवा वितरण गरेको हो। यसै वर्ष नगरपालिकाले ४० हजारभन्दा बढ़ी विभिन्न जातका बोटविरूवा रोपन कार्यक्रम सम्पन्न गरिसकेको छ। टोल–टोलका किसानहरूसगं प्रत्यक्ष भलाकुसारी गर्ने र उनीहरुको कुरा सुन्ने उक्त कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.