डेंगुका कारण इलामका सुब्बाको नोवेलमा मृत्यु, १० जनाको उपचार हुँदै

Special News Trending स्वास्थ्य/शिक्षा


अस्पतालमा डेंगु परिक्षण किट नहुदा मृत्यु भएको परिवारको दावी

इलाम : डेंगुका कारण इलाम खरेलडाँडाका गणेश ताम्लिंग सुब्बाको उपचारको क्रममा मृत्यु भएको हो । नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज विहान उनको मृत्यु भएको हो । इलाम अस्पतालमा ज्वरो आएर उपचार गर्न जादा अल्कोहलको कारण लिभर र कड्नीमा समस्या भएको भन्दै ४ गते गणेशलाई अस्पतालले रेफर गरेको थियो । जिल्ला अस्पताल इलाममा डेंगुको किट अभाव भएको कारण गणेशको अस्पतालले समयमा रोग पहिचान नगरिदिएकोले उनको मृत्यु भएको उनको परिवारले जनाएको छ । यता अस्पतालले इलाम नगरपालिकासँग पहिले नै डेंगुको किट माग गरेपनि नगरपालिकाले तदारुकाता नदेखाएको जनाएको छ । हाल भने इलाम अस्पतालमा डेंगुको किट आइसकेको र डेंगु परिक्षण शुरु भइसकेको छ ।
इलाम अस्पतालमा उपचार गराउन आएकामध्ये ५ जनालाई डेंगु देखिएपछि उनीहरुको उपचार भइरहेको छ । त्यस्तै इलामका ३ जनामा स्क्रब टाइफस भेटिएकोले टाइफसका बिरामीलाई रिफर गरिएको छ । यता इलामका ३ जना नोवेल अस्पताल विराटनगरमा र ७ जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका छन् ।ग्रीन इलाम पेजबाट साभार

Leave a Reply

Your email address will not be published.