सीमा जोड्ने जौबारी सडक प्रदेश सरकारको स्तरउन्नती योजना कार्यान्वयन

Mukya Samachar Special News


सुजन तिमल्सिना, जौबारी: इलामको भारतीय सीमा क्षेत्र जोड्ने नयाँबजार जौबारी सडकको प्रदेश सरकारले स्तरउन्ती शुरु गरको छ । २०११ सालमा निर्माण भएको सडक स्तरउन्ती शुरु भएपछि स्थानीयबासी खुशि भएका छन् ।
सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको सुबिधाका लागि सडक स्तरउन्नती थालिएको हो । माई जोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारदेखि पर्यटकीय क्षेत्र जौबारी, तुम्लिङ्ग, मेघमा सडक स्तरउन्नती गरिएको बिजय खम्बुले बताए ।
२०११ सालमा सन्त स्वामी बालागुरुले निर्माण गरि गाडि गुडाएको सडकलाई प्रदेश सरकारले स्तरउन्नतीसँगै कालोपत्रे गर्ने योजना कार्यान्वयन शुरु गरको हो । आर्थिक वर्ष २०७५÷०७६ मा एक करोड करोड ३५ लाखमा नयाँबजार जौबारी सडक खण्डको १३ किलोमिटर क्षेत्रको चौडा गर्ने, नालि निर्माण, सोलिङ निर्माण गरिएको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए ।
नेपालको पुरानो आलु अनुसन्धान केन्द्र रहेको जौबारी क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने योजना प्रदेश सरकारको रहेको छ । भारतीय र तेस्रो मुलुकका पर्यटकको भ्रमण क्षेत्र जौबारी, तुम्लिङ र मेघमा जोड्ने सडकलाई चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरिएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् ।
सडक निर्माण भई गाडि गुडाएको ६ दशकपछि सडक स्तरउन्नती भएपछि सीमा क्षेत्रका नागरिकमा खुशियाली छाएको हो । सडक स्तरउन्नती थालेपछि पर्यटकको संख्या बढ्ने भएकाले आगामि दिनमा पर्यटकीय पुर्वाधार निर्माणको आवश्यक रहेको स्थानीय वयोवृद्ध समाजसेवी थुक्तेन लामाले बताए ।

Leave a Reply

Your email address will not be published.