कन्याममा रात्रीकालिन पर्यटनको परिकल्पना : सांसद काजीमान कागते

Special News Trending पर्यटन समाज

फिक्कल:
प्रदेश नंम्बर एक सांसद काजीमान कागतले कन्याम क्षेत्रलाई रात्रीकालिन पर्यटन विकासको लागी परिकल्पना गरिएको बताउनु भएको छ । सांसद कागतले प्रदेश नंम्बर एकको एक मात्र पर्यटकिय नगरी सुर्योदयको पर्यटकिय क्षेत्र कन्याममा रात्रीकालमा समेत पर्यटकहरुलाई समेत आर्कषित गर्नका लागी काम भइरहेको बताउनु भयो ।

सुनसरीबाट सेवक पदयात्राका लागी इलाम आएका पदयात्रीहरुलाई शहिद शान्ति पार्कमा आयोजित स्वागत कार्यक्रममा बोल्दै कागतले भने ‘ कन्याम क्षेत्रलाई रात्रीकालिन पर्यटनको परिकल्पना गरेका छौ । यदि सफल भएन भने पनि यो पार्कलाई रात्रीकालिन बनाइने छ ।’ उनले टि टुरिजम अर्थात चिया पर्यटनका लागी सफलता तर्फ अघि बढेपनि व्यवस्थापनको कार्य बाँकी रहेको बताउनु भयो ।
उहाले १६ रोपनी क्षेत्रफलमा फैलिएको पार्कका लागी प्रदेश सरकारको तर्फबाट १ करोड रुपैया बजेट विनियोजना भएकाले आगामी बर्षबाट उद्धघाटन गरेर सर्वसाधारणलाई प्रवेशमा सहज बनाइने बताउनु भयो ।
कागतले इलाम नगरपालिका र धरान विच भगिनी सम्वन्ध स्थापना भएकाले यसबाट सुर्योदयलाई समेत पर्यटन विकासमा फाइदा पुग्ने बताउनु भयो । सुर्योदय नगर उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सेवक पदयात्रा अभियानका प्रमुख राजिव हलबाईले इलाममा पदयात्राको ११२ औ सप्ताह मनाउन पाएकोमा खुशी व्यक्त गर्नु भयो । उहाले धरान आसपासमा हुने गरेको पदयात्रा प्रदेश नं एकको पर्यटकिय नगरी सुर्योदय नगरीमा पहिलो पटक गर्न पाएको बताए । स्वास्थ्यका लागी पदयात्रा भन्ने नाराका साथ सुरु गरिएको पदयात्रा सुर्योदय नगरपालिकाको हर्कटे हुँदै भारतको मिरिकसम्म पुग्ने छ । पहिलो दिन पदयात्रीहरु अन्तु पुग्ने कार्यक्रम तय भएको प्रदेश नम्बरं एक भिजिट नेपाल २०२० का सदस्य एवम पत्रकार विराट अनुपमले बताउनु भयो
सेवक अभियान नामक संस्थाले २०७४ भदौ ३१ गतेबाट हरेक शनिवार पदयात्रा गर्दै आएको छ । धरानमा बसोबास गर्ने विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु स्वास्थ्यका निम्ती हरेक शनिवार ३ घण्टा पदयात्रा निस्किने गरेका छन् । स्वास्थ्य जिवनका लागी सुरु भएको अभियान अहिले आएर पर्यटन प्रर्वद्धनका निम्ती समेत सहयोगी बनेको अभियानका संयोजक हलुवाईले बताए । पदयात्रामा धरानका प्रतिष्ठित व्यक्तित्वका साथै राष्ट्रिय श्रष्टा गंगा वरदानको समेत सहभागीता रहेको छ । पदयात्रामा ८५ जना पदयात्रीहरुको सहभागीता रहेको छ ।
स्वागत कार्यक्रममा वडा नं १० का अध्यक्ष पेमा उगेन लामा, वडा नं ११ का अध्यक्ष टेकबहादुर राई, वडा नं ६ का अध्यक्ष शिबकुमार बस्नेत, वडा नं १२ का अध्यक्ष डोलेन्द्र भारद्धाज, नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमिसना लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.