भ्रमण वर्ष–२०२० सफल बनाउन मन्त्रालयद्वारा कूटनीतिक नियोगलाई परिपत्र जारी

Hot News Special News Trending पर्यटन


नेपाल सरकारले बीस लाख पर्यटक ल्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष, २०२० अभियान सञ्चालन गरिरहेको छ । यसै कार्यक्रमलाई सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशस्थित नेपाली दूतावासहरूलाई परिपत्र जारी गरेको छ । दूतावास तथा महावाणिज्य दूतावासबाट सहयोग र समन्वय हुन आवश्यक बुँदाहरू परिपत्रमा उल्लेख गरिएका छन् ।

यसका लागि सन् २०२० भन्दा अगावै सम्वन्धित देशमा भ्रमण वर्षको सन्देश प्रवाह गर्नका लागि प्रचार–प्रसार गर्न गराउन के कस्ता कार्य गर्नेगराउने भनेर निर्देशसूची नै तयार पारिएको छ ।

जसमा प्रमुख शहरमा स्थानीय ट्राभल एजेन्सी, टुर अपरेटर, एयरलाइन्स कम्पनी लगायतको भेला गरी नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि योजना बनाउने, प्रमुख शहरहरूमा नेपालको पर्यटन प्रवद्र्धन सम्वन्धी गोष्ठी, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने यस्ता कार्यक्रममा सम्वन्धित देशका प्रवुद्ध व्यक्तित्व तथा संघसंस्थाहरूको बढी भन्दा बढी प्रतिनिधित्व गराई कार्यक्रम सञ्चालन गर्ने गराउने व्यवस्था गर्ने, नेपालको भ्रमण गरेका सम्वन्धित देशका प्रवुद्ध व्यक्तित्वहरू, हिमाल आरोहीहरू र अन्य सेलिव्रेटीहरूको भेला आयोजना गरी उनीहरूलाई भ्रमण वर्षको प्रवद्र्धनका लागि परिचालन गर्ने, विभिन्न शहरहरूमा हुने पर्यटन, व्यापार, सांस्कृतिक लगायतका मेला तथा एक्स्पोहरूमा नेपालको पर्यटन प्रवद्र्धनको काम गर्ने र नेपालका व्यवसायीको सहभागिता प्रवद्र्धन गर्ने, प्रत्येक देशका र मुख्य मुख्य शहरमा एनआरएनए र स्थानीय संघ संस्थाका प्रतिनिधिहरू समावेश गरी नेपाल भ्रमण वर्ष, २०२० सहयोग समितिहरू गठन गर्ने र भ्रमण वर्ष सचिवालयमा त्यसको जानकारी दिने, राजदूतावास एवं महावाणिज्य दूतावासमा भ्रमण वर्षको डेस्क स्थापना गर्ने कुरा छन् ।

त्यस्तै एनआरएनएसँगको समन्वयमा उक्त डेस्कहरूमा नियमित रूपमा स्वयंसेवक खटाउने व्यवस्था मिलाउने, तोकिएको मापदण्डभित्र पर्यटन दूत र नेपाल भ्रमण वर्ष, २०२० का लागि सद्भावना दूतहरू नियुक्तिका लागि नाम सिफारिस गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने, गैर आवासीय नेपाली संघ र स्थानीय संघ संस्थालाई समन्वय गरी मानिसहरूको आवतजावत र घनत्व वढी हुने सार्वजनिक स्थलहरूमा पर्चा वितरण, कार तथा साईकल ¥याली, प्रचार सामग्रीहरूको प्रवद्र्धन, वाकाथन, पदयात्रा लगायतका कार्यक्रम आयोजना गर्ने । उल्लेखित कार्यक्रमहरू स्थानीय संचार माध्यमबाट प्रचार९प्रसार गराउने साथै कार्यक्रमका फोटो र समाचार भ्रमण वर्षको सचिवालयमा समेत पठाउने, सन् २०२० को शुरुमा निर्माण कार्य सम्पन्न भई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सन् २०२० को मार्च देखि अन्तर्रा्ष्ट्रि य उडान गर्ने लक्ष्य रहेको छ । उक्त विमानस्थलमा सम्वन्धित देशबाट हवाई सेवाको लागि विमान कम्पनीलाई उडान गराउन पहल गर्ने, सन् २०२० भरिमा नेपालमा गोष्ठी, सेमिनार तथा वैठकहरू आयोजनाहरू गर्न विभिन्न राष्ट्रिचय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आह्वान गर्ने साथै उच्चस्तरीय भ्रमण लगायत विभिन्न सेलिव्रेटीहरूको भ्रमणका लागि पहल गर्ने, सन् २०२० भरि माथि उल्लेखित कार्यक्रमहरूका अतिरिक्त नेपाल भ्रमण वर्षको प्रचारप्रसार र प्रवद्र्धनका लागि विभिन्न सिर्जनात्मक कार्य गर्ने सोका लागि भ्रमण वर्ष सचिवालय र नेपाल सरकारसंग नियमित रुपमा समन्वय गर्ने र नेपाल वर्ष २०२० को सचिवालय र एनआरएनएबीच २०७६।०७।०३ मा भएको यसै साथ संलग्न समझदारी कार्यान्वयनका लागि आवश्यक पहल गर्नेजस्ता कुरा छन् ।

यसैगरी नेपाल भ्रमण वर्ष, २०२० को शुभारम्भलाई भव्य बनाउन सन् २०२० जनवरी ४, शनिवारका दिन राजदूतावास, महावाणिज्य दूतावास, कन्सुलर, पर्यटन प्रतिनिधि तथा भ्रमण वर्षका सदभावना दूतहरूको आयोजनामा भव्य शुभारम्भ समारोह आयोजना गर्ने, उक्त कार्यक्रममा सम्बन्धित देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्रीहरूजस्ता विशिष्ट अतिथिको सहभागिता सुनिश्चित गर्ने साथै सांसदहरू, स्थानीय जनप्रतिनिधिहरूलाई आमन्त्रण गर्ने, एनआरएनए, पर्यटन, वाणिज्य, संस्कृति क्षेत्र एवं खेलाडी कुटनीति क्षेत्र लगायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई व्यापक सहभागिता गराउने, संचार माध्यमहरू मार्फत व्यापक प्रचार प्रसार गर्ने, सन् २०२० को जनवरी १ मा नेपालमा आयोजना हुने भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा विशिष्टव व्यक्तित्वहरूलाई सहभागीता गराउन पहल गर्ने । त्यस प्रकारको नामावली भ्रमण वर्ष सचिवालयलाई उपलब्ध गराई आवश्यक समन्वय व्यवस्था मिलाउने, स्थानीय संचार माध्यमहरूमा नेपाल भ्रमण वर्षको नियमित रुपमा समाचारहरू सम्प्रेषण गर्नुका साथै विज्ञापन प्रसारणका लागि नेपाल पर्यटन वोर्ड र भ्रमण वर्ष सचिवालयसंग समन्वय गरी आवश्यक प्रबन्ध मिलाउने र स्थानीय स्तरमा भ्रमण वर्ष उद्घाटनलाई भव्य बनाउन महामहिम राजदूतले आवश्यकतानुसार कार्यक्रम परिमार्जन गर्न सक्ने निर्देश तथा अधिकार दिइएको छ । केन्द्रबिन्दु….

Leave a Reply

Your email address will not be published.