पाथीभरा मन्दिरमा १६ हजार किलो तामाको द्वार

Special News Trending समाज

ताप्लेजुङ: पाथिभरा मन्दिरमा तामा मात्र प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । ‘भक्तजनको सामग्री, भक्तजनकै लागि’ भन्ने उद्देश्यले स्वागतद्वार निर्माण गरिएको हो ।
पाथीभरा मन्दिरमा भक्तजनले चढाएको तामाका माना, पाथी, त्रिशूल, दियोजस्ता सामग्रीलाई उजिल्याएर द्वार निर्माण गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए ।

पाटनका राजन शिल्पकारद्वारा बनाइएको द्वारमा १६ हजार किलो तामा प्रयोग भएको छ । निर्माण समितिका संयोजक सुरेश लिम्बूका अनुसार पाथीभराको उत्पत्ति कथा झल्कने गरी द्वार निर्माण गरिएको छ । यो पहिला सयौंको संख्यामा भेडाको गोठ राख्ने क्षेत्र हो । गोठहरू अहिले पनि राखिन्छन् ।
ताप्लेजुङको पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा निर्माण गरिएको स्वागतद्वार । भक्तजनले मन्दिरमा चढाएको तामाका त्रिशूल, माना, पाथीलगायतलाई उजिल्याएर शिल्पकारले द्वारमा कला भरेका छन् । तस्बिर स् कान्तिपुर दैनिक द्वार निर्माणमा २४ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ । यो रकम ढुवानी र कला भर्न बढी रकम लागेको उनले बताए । मन्दिरबाट तामाका सामग्री काठमाडौं पुर्‍याएर त्यसलाइ उजिल्याएर पाता–पाता बनाएर ल्याएर जडान गरिएको हो ।

पाथीभरा जाने तीर्थयात्रीका लागि तामाको द्वार फोटो खिचाउने आकर्षण बनेको छ । यसअघि मन्दिर, कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमशृंखलासँगै तस्बिर लिनेहरूले अहिले स्वागतद्धारप्रति आकर्षित भएका छन् । पाथीभरा दैनिकबाट

Leave a Reply

Your email address will not be published.