भ्रमण वर्षलाई सफल पार्न सूर्योदयमा पर्यटन महोत्सव , ५ लाख पर्यटक भित्राउने लक्ष्य

Hot News Special News Trending पर्यटन प्रमोसन

फिक्कल:पर्यटकीय नगरी सूर्योदय नगरपालिकाले मंसिर १४ गते देखि पाँच दिने प्रथम सूर्योदय नगर पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र नगर भित्र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरेको हो ।

शुक्रबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मलेनमा पूर्वप्रधानमन्त्री तथा उक्त क्षेत्रमा सांसद झलनाथ खनालले देशमा राजनीतिक परिवर्तन भएको र अवको एजेण्डा आर्थिक बिकासको भएको बताउँदै पर्यटन महत्वपूर्ण माध्यम भएको बताउनु भयो । खनालले इलाम नेपालकै एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउँदै पर्यटन महोत्सवले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग पुग्ने बताउनु भयो ।
पूर्वप्रधानमन्त्री खनालले छिमेकी मुलुक भारतको दार्जिलिङ, पश्चिम बंगाल, सिक्किम, भुटान तथा बंगलादेशबाट एकै दिनमा आइपुगिने गन्तव्य भएकोले पनि यो महोत्सवमा बाह्य पर्यटकको आगमन बढ्ने र यसले भ्रमण वर्षलाई थप सहयोग पुर्याउने बताउनु भयो ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राइले सूर्योदय नगरमा कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर, गोर्खे र थुम्के जस्ता पर्यटकीय स्थान रहेकोले पूर्वको पर्यटनमा नगरपालिकाको छुट्टै योेगदान रहेको बताउनु भयो । उहाले महोत्सवमा करीब ५ लाख आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने तथा ५० लाख रुपैया खर्च हुने बताउनु भयो।प्रदेश एक सरकारले पर्यटकीय नगरी र संघीय सरकारले १ सय प्रमुख पर्यटकीय गनतव्यमा घोषणा यस नगरपालिकालाई गरेको छ । महोत्स करफोक , कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर लगायतका स्थानमा विधिन्न सांस्कृतिक कार्यक्रम, सहित गरिने छ । आर्थिक अभियान दैनिकको सहयोेगमा

चियाबारीको बिचमा अन्तु कटेज

Leave a Reply

Your email address will not be published.