इलाम नगरपालिकामा घर निर्माण मजदुरका लागि कालिगड तालिम

Hot News Special News Trending समाज

इलाम: इलाम नगरपालिकामा घर निर्माण मजदुरहरूका लागि दाश्रो चरणको कालिगड तालिम शुरु भएको छ । इलाम नगरपालिकाको आयोजनामा घर निर्माण मजदुरहरूका लागि दाश्रो चरणको कालिगड तालिमको उद्घाटन नगर प्रमुख महेश बस्नेतले गर्नु भयो । इलाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष श्याकृष्ण घिमिरेको अध्यक्षता तथा नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ८,९,१०,११,१२ तथा सन्दकपुर गाउँपालिका समेत गरि ४० जनाको तालिममा सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख बस्नेतले भवन संहिता तथा वर्तमान कानूनी व्यवस्था र नगरले प्रदान गरेको घर निर्माण मजदुर विमाको वारेमा जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.