सूर्योदय पर्यटन महोत्सव सम्पन्न

Mukya Samachar Special News Trending घुमफीर जीवन शैली पर्यटन प्रमोसन

फिक्कल : पाँच दिवसीय प्रथम सूर्योदय पर्यटन नगर महोत्सव आज सम्पन्न भएको छ । नगरको श्री अन्तु, कन्याम , पशुपतिनगर , गोर्खे , करफोक , फिक्कल लगायतका स्थानमा बिभिन्न कार्यक्रम र मनोरञ्जनात्कम कार्यक्रम सहित महोत्सव सम्पन्न भएको हो ।

पर्यटन भ्रमण बर्ष २०२० लाई सहयोग गर्न र सूर्योदय नगरपालिकाको प्रचार प्रसारका लागि महोत्सव आयोजना गरिएको थियो । चियाको राजधानीका रुपमा चिनीदै आएको सूर्योदय नगरपालिकामा सूर्योदयको पहिलो झुल्को हेर्ने पर्यटकको भिड लाग्ने गरेको थियो । महोत्सवमा दैनिक तीन हजार बढी पर्यटकले अन्तु डाँडाबबाट सूर्योदयको दृश्यावलोकन गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘यो महोत्सवले स्थानीय सरकार बीचमा आर्थिक , सामाजिक र पर्यटकीय सद्भाव कायम गरेको छ ।’ महोत्सवमा टी टेस्टीङ , सूर्योदयको दृश्यावलोकन सहित स्थानीय खानाका परिकार पर्यटकका लागि आर्कषणका केन्द्रबिन्दु बनेका थिए । महोत्सवमा कन्याममा किराती खानाका परिकार , केराबाट निर्माण गरिएका ४० बढी खानका स्टलमा राखिएको थियो ।
पाँच दिन सम्म संचालन भएको महोत्सवमा काठको पिङ , ढिकी जातो जस्ता एैतीहासीक बस्तुको प्रदर्शन गरिएको नगर उपप्रमुख दुर्गादेवी भट्टराईले जानकारी दिनु भयो । पर्यटकलाई आर्कशित गर्न कन्याममा बिभिन्न जातजातीका पोषकमा घोडचढी गर्ने ब्यवस्था गरिएको छ । अन्तुपोखरीमा डुंगा सयर, फिसिङ देखि गोर्खेको थुम्केमा रेडपाण्डा हेर्ने ब्यवस्था समेत गरिएको थियो । नगरले आफनै ४१ लाख बढी रुपियाँ खर्चेर गरेको महोत्सवमा ‘भुटान, बङ्गलादेश, भारतको सिक्किम, बङ्गाल र स्वदेशी पर्यटक भित्रीएका थिए । महोत्सव अवधिभर पर्यटकलाई निशुल्क टी टेस्टीङ गराईएको थियो भने महोत्सव अवधिभर राष्ट्रिय स्तरका कलाकारको साथमा सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । सूर्योदय नगरपालिकालाई यस अघि नै प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरि सकेको छ भने संघीय सरकारले घुम्नै पर्ने एकसय गन्तब्य भित्र राखीसकेको छ । समापनका दिन प्रमोद खरेल , यम बराल लगायतका कलाकारले सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.