माई नगरपालिकामा १५ जनालाई अपाङ्गता परिचय-पत्र

Special News Trending स्वास्थ्य/शिक्षा

माई : इलामको माई नगरपालिका–५ मा अपाङ्गता भएका ब्याक्तिहरुलाई परिचयपत्र वितरण गरिएको छ । खर्बनी सामुदायिक स्वास्थ्य इकाईमा सो वडाका १५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । जसमा पूर्णअशक्त अपाङ्गता २ जनालाई रातो, अतिअशक्त अपाङ्गता ८ जनालाई निलो, मध्यम अपाङ्गता २ जनालाई पहेलो र सामान्य अपाङ्गता ३ जनालाई सेतो परिचयपत्र प्रदान गरिएको नगरपालिकाका प्रशासकिय अधिकृत नविन पौड्यालले बताए ।


अपाङ्गताको परिभाषा र वर्गीकरण, २०६३ अनुसार अपाङ्गता परिचयपत्रलाई गम्भीरताका आधारमा चार भागमा वर्गीकृत गरिएको छ । हरेक परिचयपत्रलाई छुट्टाछुट्टै रंग दिइएको छ र परिचयपत्र लिन आउने अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको गम्भीरताअनुसार निजलाई उपयुक्त ठहर गरिएको परिचयपत्र प्रदान गरिन्छ ।

यस्तो परिचयपत्र “क” वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो रंगमा, “ख” वर्गमा पर्नेका लागि निलो रंगमा, “ग” वर्गमा पर्नेका लागि पहेँलो रंगमा र “घ” वर्गमा पर्नेका लागि सेतो रंगमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
आज मंसिर २४ गते माई नगरपालिका भरीका अपाङ्गता भएका ब्याक्तिहरुलाइ माई नगरपालिका सितलीमा अपाङ्गता परिचय पत्र प्रदान गर्ने घुम्ती शिबिर सञ्चालन गरिने छ । अपाङ्गता भएका व्यक्तिहरूलाई भनेर राज्यलगायत अन्य गैरसरकारी निकायद्वारा प्रदान गरिएका विशेष सेवा तथा सुविधा, विशेष प्राथमिकता, सहुलियत, आरक्षणलगायत अन्य अवसरहरू उपभोग गर्न यो परिचयपत्र आवश्यक पर्छ । इलाममा करुणा फाउन्डेसनको सहकार्यमा अपाङ्गता क्षेत्रमा कार्य हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.