अर्जुन वेदना राई-कन्याम,इलाम :
पूर्ण चन्द्रलाई खग्रास कालो धब्बाले छोपे झैं,
छोप्न नखोज् तँ मलाई
अनेक लाञ्छनाका जालाहरुले ।
कुनै तुक देख्दिन तेरा तर्कहरुमा,
न छ सत्यता नै
आखिर बदनाम बनाउन,
संकीर्णताको आरोपसहित
जातिवादको लाञ्छनासहित
विरुद्दमा खन्याउँछस् मेरै मान्छेरु
तैँ भ्रममा छस्,तैँ अस्पष्ट छस्,
एकपटक सोचेंर बोल्
यथार्थता अनि सत्यता
पिछा छाड् कालो दाग
बेलैमा होस पुर्या
छोड् चमरे छोड् ।
म बासी खाँऊ या जे गरुँ
तेरो पेट किन दुख्नु हँरु
घिउ पचोस्,नपचोस्
तेरो मन किन दुख्नु हँरु
म हिड्ने गोरेटाहरु
सुगन्धी लागे पिछा दे,
दुर्गन्धी लागे कोल्छे पर्,
अौडाहा लागे उत्तानो पर्,
रिस उठे घुँडा फोर्,
तर कसैको चरित्र हत्या गर्न
कालो दाग बनेर
पिछा नगर् ।
तेरो पिछा मसम्म,
मेरो यात्रा अविच्छिन्न,अनन्त
छोड् चमरे छोड् ।
मैले नै छोडाउनुपर्ने हो भने,
तेरै बोलीहरु तँलाई नै
पासो बनेर
किलकिले अड्काउँनेछन् ।
घाँटी गाँजेर
एेठन पर्लास् बरु
मुखमा राम,बगलीमा छुरा
यथार्थबोध हुनेछ ।
सम्बन्ध छैन हामीबीच
कुनै बातहरुको ।
ठान्छस् आकाश हुँ
नत्र बतासको एक झोक्का मात्र ।
आफ्नै दुनो सोझ्या बरु,
तर कालो दाग बनेर
नआ मेरो जिन्दगीमा,
छोड् चमरे छोड् ।