शुदर्सन खतिवडा
एकापरातै मिरमिरे बिहानीमा
अचानक देखापरे
चैतमासे उराठलाग्दो मौसममा
खडेरीका शितहरु
रक्षात्मक अवस्थाका बोटहरू
पुन हरियाली हुने आसमा
अस्तित्वको लडाईं लडिरहेका
तर हिउँदका जस्ता छैनन्
क्षणिक अस्तित्व बोकेर
घामको किरणसँगै
बिलिन हुने ती शितहरु
यथार्थमा पानी होइनन्
क्षणिक भ्रम मात्रै
आउछन् बोलाउछन् पातहरूमा
२र४ थोपा खस्दा
ओइलिएका बोटबिरुवाहरु
पुनर्जीवनको आसमा
झुल्के घामसँगै बिलिन हुन्छन्
ती चैते शितहरु
तर पर्खाइ त पानीको थियो
शित जो थियो कमिलालाई
मुतको न्यानोको पर्याय जस्तै क्षणभरको शित जीवन थिएन
जीवन दिने बहानामात्र
केवल क्षणिक अस्तित्वका ती
खडेरीका शितहरु।