३६ वर्ष सेवा गरेको विद्यालयमा पुन बिब्यस अध्यक्ष

Mukya Samachar Special News Trending

टीका खतिवडा
इलाम फागुन :
३६ वर्ष लगातार सेवा गरेका एक शिक्षक सोहि विद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष भएका छन् । देउमाई नगरपालिका ४ मंगलबारेमा रहेको भानुभक्त माविका शिक्षक तथा पूर्व प्रधानाध्यापक प्रकाशचन्द्र खनाल सोहि विद्यालयमा बिब्यस अध्यक्ष भएका हुन् । २०३६ सालमा शिक्षक बनेर बिद्यालयमा अध्यापन गरेका खनालले २०६३ सालदेखी ०७३ सालसम्म प्रधानाध्यापक भएर बिद्यालय सञ्चालन गरेका थिए ।
‘पञ्चालत, १० वर्षे द्धन्द देखी गणतन्त्रसम्म बिद्यालयमा रहँदा नै बिताइयो ।’ नवनियुक्त खनालले भने ‘पुन सोहि विद्यालयमा सेवा गर्ने मौका दिनु भएको छ’ । आगामी दिनमा अझ ब्यवसायिक शिक्षामा जोड दिइने उनले वताए । हालसम्म बिद्यालयले गरेका उपलब्धी संस्थागत गर्दै जिल्लाक नमुना बिद्यालय बनाउन पहल गर्ने उनको भनाई छ । हाल तत्काल पूर्व विद्यार्थीहरुको भेला गराउने र स्मारिका निकाल्ने पहिलो योजना रहेको उनले वताए ।

क्रमश :बिब्यस अध्यक्ष प्रकाशचन्द्र खनाल, प्रअ बासुदेब कट्टेल र शिअक संघ अध्यक्ष ताराचन्द्र ढुंगाना

अभिभावक भेलाबाट खनाल सहित सबै सदस्य निर्विरोध चयन गरिएको छ । भेलाबाट प्रमिला आचार्य, गिता श्रेष्ठ, गिता पराजुली, हर्क राई, ज्ञानेन्द्र श्रेष्ठलाई सदस्य पदमा चयन गरिएको छ । साथै सोही भेलाले तारा चन्द्र ढुंगानाको अध्यक्षतामा शिक्षक अभिभावक समितिको समेत चयन गरिएको छ । अब दुई सदस्य मनोनित गरिने बिब्यस अध्यक्ष खनालले वताए । बिद्यालयका प्रधानाध्यापन सो समितिको सदस्य सचिव रहने प्रावधान छ ।
हाल भानुभक्त माविमा शिशु (नर्संरी) समेत पढाई हुन्छ । समयको माग रहेको अभिभावकले रुचाएको अंग्रेजी माध्यमबाट समेत सो सामुदायिक विद्यालयमा अध्यापन हुन्छ । हाल कक्षा एक देखी कक्षा पाँचसम्म अंग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । साथै प्राविधिक धारको इञ्जिनियरिङ विषय समेत पढाई भइरहेको छ । कक्षा ९ देखी कक्षा १२ सम्म सो विषय पढाइ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.