नेपाल प्रेस युनियन सुनसरीद्धारा जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ सूचना प्रविधि स्वास्थ्य/शिक्षा

इटहरी :नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको हो ।
‘हामीले जिल्लामा सक्रिय रहेका २६० जना सञ्चारकर्मीहरुको कोरोना बीमा गरेका हौँ,’ अधिकारीले भने, ‘अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले हामीले कोरोना बीमा गरेका हौँ ।’ उनका अनुसार फ्रन्टलाइनमा रहेर सक्रिय काम गर्दै आएका सञ्चारकर्मीहरुमा पनि कोरोना देखिएपछि बीमा कार्यक्रम अगाडि ल्याईएको उनले बताए ।
उनका अनुसार १५० जना सञ्चारकर्मीको आइएमी जनरल इन्स्युरेन्सले बीमा गरेको र बाँकी ११० जना सञ्चारकर्मीको युनियन कार्यसमितिले बीमा गरिदिएको छ । कोरोना बीमा व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकारीले युनियनले जिल्लाका सञ्चारकर्मीको कोरोना बीमा गर्नु सकारात्मक रहेको बताए ।
कोरोना बीमा व्यवस्थापन समितिका सदस्यहरु निशान चौधरी, उषाकिरण घिमिरेले लगायतले शुक्रबार आइएमी जनरल इन्स्युरेन्स लिमिटेड इटहरीका शाखा प्रमुख भोजराज अधिकारीलाई बीमाको पोलिसिबारे समन्वय गरेका थिए ।
शुक्रबार नै ११० जनाको पैसाको चेक पनि हस्तान्तरण गरिएको थियो । शाखा प्रमुख अधिकारीले पत्रकारलाई कोरोना लागेमा चाँडै माग दाबी गर्नका लागि आह्वान गरे । अन्य जिल्लामा थोरै पत्रकारहरुको मात्र बीमा गरिएको र सुनसरीमा भने धेरै पत्रकारहरुको बीमा गर्नु उदाहरणीय रहेको भन्दै उनले प्रसंसा गरे ।

Leave a Reply

Your email address will not be published.