मौसमले रुप फेर्दै, सचेत रहन आग्रह

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली रोचक सूचना प्रविधि


काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै नेपालको पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ।

हाल देशभर सामान्य बदली रही देशका प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भूभागमा वर्षा भएको महाशाखाले जनाएको छ ।

बिहानैदेखि परेको वर्षाका कारण ती क्षेत्रहरुमा दैनिक जनजीवनमा प्रभाव परेको छ ।

महाशाखाले दिउँसो पनि पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने बताएको छ ।

त्यस्तै पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले देशका पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तीन दिनसम्मै वर्षा
प्रिमनसुनको समय रहेकाले अहिले दैनिकजसो वर्षा भइरहेको छ । तीन दिनसम्मै वर्षा हुने र मौसम बदली भइरहने महाशाखाले जनाएको छ ।

यसअघि आइतबार पनि वर्षा भएको थियो । सबैभन्दा बढी धनकुटामा ४१।६ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै काठमाडौंमा १३.८ मिलिमिटर वर्षा भएको थियो ।

काठमाडौंमा वर्षा भएसंगै हल्का चिसो बढेको छ । चिसोसहितको हावा चलेको छ । आइतबार सबैभन्दा बढी तापक्रम २५.७ डिग्री सेल्सियस रहेको थियो । त्यस्तै न्यूनतम तापक्रम १८।६ डिग्री सेल्सियस रहेको थियो । आइतबारको तुलनामा सोमबार तापक्रम घटेको छ । हाम्रा कुरा

Leave a Reply

Your email address will not be published.