इलामका युवा पत्रकार सुजन तिमसिना सम्मानित

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ प्रमोसन सूचना प्रविधि


सागका पदक विजेता छिरिङ र बिजय पनि सम्मानित

इलाम: सन्दकपुर गाउँपालिकाले पत्रकारिता तथा वृतचित्र निर्माण गरी प्रचारपसारमा महत्वपुर्ण योगदान दिएको भन्दै लोकल सन्देश अनलाइनका प्रधान सम्पादक सुजन तिमसिनालाई सम्मान गरेको छ । नेपाल टेलिभिजन इलाम सम्वाददाता समेत रहेका तिमसिनालाई निति कार्यक्रम तथा बजेट सार्वजनिक समारोहमा नगद १० हजार सहित सम्मान गरेको हो ।

आर्थिक बर्ष २०७५र०७६ मा तिमसिनाको निर्देशनमा बनेको सन्दकपुर गाउँपालिकाको वृतचित्र विइ विल राइज फाउन्डेसनको प्रतियोगितामा मस्ट पोटेन्सियल डेस्टिनेशन अवार्ड पाएको थियो । त्यसैगरी १३ औ दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण पदक बिजेता खेलाडी छिरिङ गुरुङ र कास्य बिजेता बिजय बुर्जालाई गाउँपालिकाले नगद सहित सम्मान गरेको छ । सन्दकपुर गाउँपालिका–५ जमुना निवासी नेपाली पुरुष फुटबल टोलीका डिफेन्डर छिरिङलाई ५० हजार र वडा नं ३ सुलुबुङका बुर्जालाई २० हजार सहित सम्मानपत्र प्रदान गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले नगद सहित खदा र सम्मानपत्र प्रदान गरे । पुरस्कार समारोहमा बिजय अनुपस्थित भएपछि उनको परिवारले सम्मान ग्रहण गरेका थिए । वातावरण संरक्षणको क्षेत्रमा योगदान दिएको भन्दै भेडिचोक सामुदायिक वनलाई नगद ५० हजार सहित सम्मान गरिएको छ । ५ वटै वडाका उत्कृष्ट उपभोक्ता समिति र चापगैरी विखे भञ्ज्याङ सडक निर्माण गर्ने सुसन निर्माण सेवालाई सम्मानपत्र सहित सम्मान गरिएको छ ।

सम्मान पाउनेहरुमा वडा नं १ को आदरणिय माबि खानेपानी योजना उपभोक्ता समिति, वडा नं २ को पाइल गोलाइ खोलाटार उपभोक्ता समिति, वडा नं ३ को सानिमाई तिनबहिनी सडक उपभोक्ता समिति, वडा नं ४ को पक्कु हाङ्मादेन जनकल्याण उपभोक्ता समिति र वडा नं ५ को देउराली गहिरिगाउँ जमुना सापकोटे डाँडा इङ्ला जोड्ने सडक रहेको छ ।

Leave a Reply

Your email address will not be published.