आयुर्वेदिक औषधिले कोरोनाका संक्रमित छिट्टै निको हुँदै

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ प्रमोसन रोचक विचार सूचना प्रविधि स्वास्थ्य/शिक्षा

काठमाडौँ: आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ ।

कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।

आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा। अमितमान जोशीले भने, ‘आयुर्वेदिक औषधिमा विभिन्न रोगप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग हुने भएको कारण कोरोनासँग लड्न सक्ने क्षमता चाँडो विकास भई निको भएको हो ।’

उनका अनुसार कोरोना सङ्क्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा।जोशीले जानकारी दिए ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षीया नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना भइन् । आफूले बिरामीलाई एलोपेथिक औषधिमात्र सेवन गर्न दिने गर्ने गरको उनले कहिले पनि आयुर्वेदिक औषधि प्रयोग गरेकी थिइनन् । आयुर्वेदिक चिकित्सकहरूको सल्लाहबमोजिम सोही औषधि सेवन गरको र अहिले आफूलाई समस्या नभएको बताइन् ।

आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिँदै दैनिक तीन पटक दुई वटा औषधि खाएको र त्यसैले कोरोनालाई सजिलै जित्न सकेको उनले बताइन् । ‘अहिलेसम्म पनि कुनै पनि नराकात्मक असर देखा परेको छैन भने मैले आफ्नो नर्सको ड्युटी पनि समालिसकेको छु’, उनले भनिन् ।

उनी मात्र होइन बाग्लुङका ३५ वर्षीय जङ्गबहादुर केसीलाई पनि कोरोनालाई जित्न आयुर्वेदिक औषधिले धेरै मद्दत गरेको बताए । कतारबाट नेपाल आएका केसी भक्तपुरस्थित राधेराधेमा होल्डिङ सेन्टरमा बसेपछि पीसीआर टेस्ट गराउँदा पोजिटिभ देखेको थियो । खासै कुनै कोरोनाको लक्षण नदेखिएको र उनले अस्पतालमा हुँदा तातो पानीमा बेसार र नुन हालेर दैनिक रुपमा खाएका थिए ।

केसीले भने, ‘अस्पतालको व्यवस्था धेरै राम्रो छ । कोठा तातो पानीको व्यवस्था थियो र दैनिक रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि दिनको तीन पटक खान दिन्थ्यो ।’ गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *