प्रेस संगठनद्धारा इलामका संचारकर्मीलाई पिपिई र गगल्स वितरण

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ प्रमोसन सूचना प्रविधि स्वास्थ्य/शिक्षा

फिक्कल: कोभिड–१९ संक्रमणमा फ्रन्टलाईनमा रहेर काम गरीरहेका इलामका २५ जना संचाकर्मीलाई प्रेस संगठनले पिपिई र गगल्स (व्यक्तिगत सुरक्षा सामाग्री) बितरण गरेको छ ।
जिल्लाका बिभिन्न स्थानमा रही कोभीड १९ को संक्रमणका बेला पनि सक्रिय रुपमा काम गर्दै आएका संचारकर्मीलाई र संचार माध्यमलाई पिपिई र गगल्स (व्यक्तिगत सुरक्षा सामाग्री) बुधबार बितरण गरिएको हो ।
पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का संघीय सांसद झलनाथ खनालले पत्रकार र संचारमाध्यमका लागि भनेर २५ थान पिपिई र गगल्स उपलब्ध गराउनु भएको थियो । जस अनुरुप सदरमुकाममा कार्यरत १६ जना तथा सूर्योदय नगरपालिका माई नगरपालिका , चुलाचुली गाउँपालिका र माङसेबुङ लगायतका क्षेत्रमा कार्यरत ९ जना संचाकर्मी र संचारमाध्यमलाई प्रेस संगठन इलामका संयोजक सुजन तिमसिनाले उक्त सामग्री बितारण गर्नु भएको छ ।
संयोजक तिमसिनाले कोभिड १९ मा सक्रिय भई समाचार संकलनमा खटीने पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखेर पिपिई उपलब्ध गराइएको बताउनु भयो । संगठनका संयोजक तिमसिनाले राजनितिक पुर्वाग्रह नराखी एक मिडिया कम्तीमा एक पिपिई र गगल्स वितरण गरिएको बताउनु भयो । यस अघि इलाममा संगठनले जिल्लाका संचाकर्मीलाई माक्स , सेनिटाईजर बितरण गरेको थियो भने नेपाल पत्रकार महासंघका प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीको पहलमा जिल्लाका ५० बढी पत्रकारको कोरोना बिमा गरिएको थियो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले खनालले पठाउनु भएको सामग्री संगठनका संयोजक तिमसिनालाई हस्तान्तरण गर्नु भएको थियो ।
पूर्व प्रधानमन्त्री खनालले इलाम निर्वाचन क्षेत्र नम्बर १ लगायतका विभिन्न स्थानीय तहमा ८ सय थान पीपीई र १५ सय थान गगल्स उपलब्ध गराउनु भएको थियो । खनालले पठाएको स्वास्थ्य सामग्री सूर्योदय नगरपालिका वडा नं १० का अध्यक्ष पेमा उगेन लामाले काठमाण्डौबाट इलामसम्म ल्याउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.