५७ बर्ष पछि पाटापुरका सुकुम्बासीका हातमा लालपुर्जा

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ सूचना प्रविधि

फिक्कल: ५७ बर्ष पछि इलामको रोङ गाउँपालिकाका घरपरिवार सुकुम्बासीले गाउँपालिकाको पहलमा जग्गाको लालपुर्जा पाएका छन् ।
रोङ गाउँपालिका वडा नम्बर ६ पाटापुरका ८९ सुकुम्बासी परिवार मध्ये १९ घरपरिवारलाई बुधबार लालपुर्जा वितरण गरिएको हो ।
वि सं २०२० सालबाट उक्त क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी परिवार जग्गा बिहिन अवस्थामा रहेका थिए । वि सं २०५२ सालमा तत्कालिन सरकारले सुकुम्बासी आयोग गठन गरेपनि आवश्यक प्रकृया पुरा नपुगे पछि उनीहरुले लालपुर्जा पाएका थिएनन् ।
स्थानिय तहको निर्वाचन भएर सरकार गठन भएपछि गाउँपालिकाले उनीहरुलाई लाजपुर्जा दिलाउन व्यवस्थित बसोबास समिती गठन गरेर प्रकृया अगाडी बढाएको थियो । गाउँपालिका अध्यक्ष सम्शेर राईले जिल्ला मालपोत कार्यालय संगको समन्वयमा पाटापुर बासीलाई लाजपुर्जा बितरण गरिएको बताउनु भयो । अध्यक्ष राईले गाउँपालिका भित्र रहेका थप तीन सय ६२ परिवार सुकुम्बासी परिवारलाई समेत लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बडाईरहेको जानकारी दिनु भयो । अध्यक्ष राईले भन्नु भयो ‘पाटापुर बासीले नजिकको सरकारको अनुभुती गरेका छन् , अन्यलाई पनि चाडै त्यो अनुभुती दिलाउने छौ ।’
लालपुर्जा पाएपछि स्थानीय लालसिंह राईले जिन्दगी भरको सपना पुरा भएको बताउनु भयो । उहाले गहभरी आशु झार्दै भन्नु भयो ‘अव भूमीहिन भएर बस्नु परेन, छोरा नाती सम्मलाई ढुक्क भयो ।’ राईले भागचलन गरे पनि लालपुर्जा नहुँदा कयौ समस्या भोग्नु गरेको बताउनु भयो ।
यस्तै स्थानीय भक्तबहादुर राईले मर्ने बेलामा भए पनि लाजपुर्जा पाउदा परिवारमा खुसीयाली छाएको बताउनु भयो । उहाले बैकिङ कारोबार गर्ने समेत बाटो खुलेको बताउनु भयो ।
रोङ गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मनिकुमार स्याङ्बोले स्थानीय सरकारको तर्फबाट समस्याको अध्ययन र सहजीकरण गर्दै अध्यावधिक गरि जिल्ला मालपोत कार्यालय इलामबाट नया लालपुर्जा प्राप्त भएको जानकारी दिनु भयो । उहाले पाटापुरका ८७ मध्ये १९ परिवारले पाएको र वाँकीले आईतबारबाट लालपुर्जा पाउने बताउनु भयो । रोङ गाउँपालिकाले टंक थापाको संयोजकत्वमा पाँच सदस्यीय ब्यवस्थित बसोबास समिति गठन गरेर काम गर्दै आएको छ ।
जिल्ला मालपोत कार्यालय इलामका अनुसार साकफारा, चुलाचुली र रोङ गाउँपालिकाका सुकुम्बासीको सुकुम्बासी आयोगले यस अघि नै अध्यावधिक गरेको थियो । मालपोत कार्यालयका सूचना अधिकारी जसबहादुर राईले साकफाराका सुकुम्बासीलाई समेत देउमाई नगरपालिकाको मंगलबारे मालपोत कार्यालयबाट लालपुर्जा बिवरण गरिने जानकारी दिनु भयो । माई नगरपालिकामा पनि सुकुम्बासी रहे पनि त्याँको लालपुर्जा बितराण भने टुंगो लाग्न सकेको छैन ।

लालपुर्पा पाए पछि गहभरी खुसीका आसु बगाउदै पाटापुरका लालसिङ राई
तस्विर रोङ ६ का वडाध्यक्ष मनिकुमार स्याङ्बो को फेसबुकबाट

Leave a Reply

Your email address will not be published.