कोभिड १९ अनुगमन समिति सूचना संयोजकमा सोम सुसेली

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ सूचना प्रविधि स्वास्थ्य/शिक्षा

इलामः नेपाल पत्रकार महासंघ प्रदेश नम्वर एकका उपाध्यक्ष तथा इलामका सञ्चारकर्मी सोमनाथ सुसेली इलामको कोभिड १९ संक्रमण सूचना संयोजकमा मनोनित भएका छन् । उनलाई नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति केन्द्रीय कार्यालयले संयोजकमा मनोनयन गरेको हो ।
समितिले जिल्ला जिल्लाबाट संक्रमणको स्थिती र परिक्षणको अवस्थाबारेमा अनुगमन गर्ने, आइसोलेसन एवम् क्वारेन्टाइन केन्द्रहरुको सुविधा तथा मापदण्डको अनुगमन गर्ने बताइएको छ । संक्रमित राख्ने अस्पतालको स्थिती, स्वास्थ्य सामाग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको ब्यवस्थाका बारेमा जानकारी लिने साथै संक्रमण रोकथाम एवम् पिडितहरुको सहयोगका लागि पार्टीहरुले खेलेको भूमिकाका विषयमा जानकारी लिने छ ।
त्यस्तै निरन्तर रुपमा सम्वन्धित निकाय, राजनितिक दल, नागरिक समाज, संघ संस्था तथा जनस्तरबाट उपयुक्त विषयमा आवश्यक जानकारी लिने छ । सञ्चारकर्मी सुसेलीलाई नेपाली कांग्रेसका सह महामन्त्री एवम् नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतद्धारा हस्ताक्षरित पत्र आएसँगै जिम्मेवारी समेत प्रदान गरिएको छ ।
आफुले पाएको जिम्मेवारी सहजताका साथ पुरा गर्ने बताउँदै सञ्चारकर्मी सुसेलीले उक्त समितिको संयोजकमा मनोनित गरेकोमा नेपाली कांग्रेस कोभिड अनुगमन समितिलाई धन्यवाद समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published.