इलामका पत्रकार जवेगूलाई प्रेस काउन्सील युवा पत्रकारिता पुरस्कार

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ सूचना प्रविधि

इलाम: प्रेस काउन्सील नेपालले इलामका पत्रकार सटेन्द्र जवेगूलाई ‘प्रेस काउन्सील युवा पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

इलाम पोष्ट दैनिक, इलाम आवाज साप्ताहिक र सरलपाटी अनलाईनका सम्पादक रहेका जवेगूलाई प्रेस काउन्सीलको ५१ औ बार्षिक उत्सवको अवसरमा सो पुरस्कार प्रदान गरेको काउन्सीलका कार्यावाहक अध्यक्ष किशोर श्रेष्ठद्वारा जारी गरिएको सन्देशमा उल्लेख गरिएको छ । पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका जवेगूलाई १५ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

बार्षिक उत्सवको अवसरमा विभिन्न सात विधामा पुरस्कार प्रदान गरिएको छ । एक लाख ५१ हजार राशीको प्रेस काउन्सील गोपालदास पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई प्रदान गरेको छ ।

त्यस्तै एक लाख दश हजार रुपैयाँ राशीको प्रेस काउन्सील सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिएको छ । ५० हजार राशीको प्रेस काउन्सील आचारसंहिता पुरस्कार भने सेतोपाटी अनलाइनलाई प्रदान गरिएको छ ।

प्रेस काउन्सील क्रियाशील पत्रकारिता पुरस्कार झापाका गोविन्द क्षेत्री, राजन कार्की, धर्मेन्द्र कर्ण, ऋषि धमला, उमेश श्रेष्ठलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

युवा पत्रकारिता पुरस्कार जवेगू सहित सुुरेशचन्द्र अधिकारी, माधव पौडेल, गणेश चौधरी, गिरिजा अधिकारी, राजु विक, कमला श्रेष्ठ, राजन सिह, देवकुमारी गूरुङ्ग, रेणु पराजुली, दिपेन्द्र वली, शेरबहादुर थापा, राधिका कँडेल, शान्ता कमलीलाई प्रदान गरिएको छ ।

प्रेस काउन्सील साहित्यक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिकार र प्रेस काउन्सील भाषागत पत्रकारिता पुरस्कार गणेश राईलाई प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.